६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


सरकार ! काठमाण्डौमा खै शौचालय ?


२० असार २०७६, शुक्रबार  

0
Shares


निर्मल घिमिरे
केही दिन अघी जापानमा आयोजना भएको पर्यटन प्रबद्र्धन फोरमको बैठकमा सारिक हुने मैका मिल्यो । त्यहाँ बिश्वका १७ देशका पर्यटन क्षेत्रमा कलम चलाउने लेखकहरु भेला भएका थिए । नेपालबाट भने म मात्र थिए । त्यहाँ बिभिन्न देशका पत्रकारहरुले आफ्नो देशको पर्यटनसँग सम्बन्धि दस्तावेजहरु प्रस्तुत गरेको थिए । नेपालको प्रतिनिधि भएकोले मैले पावर प्वाइन्ट प्रेजेन्टेशन तयार गरेको थिए । मैले हाम्रो देशले गरेका पर्यटन प्रर्वद्धनका प्रयाशहरुको प्रस्तुति दिए । यसैबिच भिजिट इएर २०२० को रुपमा मनाउन लागिएको र यस वर्ष नेपालको २० लाख पर्यटकलाई स्वागत गर्ने लक्ष्य रहेको सुनाए ।

त्यस फोरममा १ जना पेरुका पत्रकार (जो नेपाल धेरै पटक गएका रहेछन र नेपालको बारेमा धेरै कुरा को जानकार रहेछन) ले मलाई त्यहाँ पसिना नै छुटाइदिए । २० लाख पर्यटक भित्राउन तपाईको देशले कस्तो तयारी गरेको छ भनेर सोधे । मैले जाने बुझेसम्म नेपाल सरकारको योजना सुनाए । तर उनले तपाईंको देशको राजधानीमा सार्बजनिक शौचालय के पर्याप्त छ ? भनेर सोधे
। जरुर पक्कै पनि पर्याप्त छ भनेर अड्डी कसेर बोल्दा उनले मलाई नाजावाफ नै बनाइदिए । उनी भर्खरै २ महिनाअघि मात्र नेपालमा रिपोर्टिङको लागि गएका रहेछन् । उनी स्वयमलाई काठमाण्डौको कोलाहल अनि ट्राफिक जाममा शौचालयको अभावले समस्या परेको रहेछ ।
बौद्धको स्तुपा घुमेर फर्कदा उनलाई पिसाब लगेको रहेछ । साइकलमा सवार उनी पिसाब च्यापेर सोध्दै खोज्दै बढो मुस्किल सहदै बसन्तपुरमा पुगी पिसाब गरेको घटना सुनाए । त्यो बारेमा उनले आफ्नो देशमा पुगेर नेपालमा शौचालय नहुँदा परेको समस्याबार आफ्नो यात्रा बृतान्त त्याहाको दैनिक पत्रिकामा प्रकाशन गरेको कुरा सुनाउदा उपस्थित सबैजना गलाल्ल हासे ।


मलाई आफ्नो देशको बेइज्जत भएकोमा साह्रै नमज्जा लाग्यो ।
मैले त्यो फोरममा भने, ‘नेपालमा विकाशको एजेण्डा लिएर दुई तिहाईको सरकार आएको छ । अहिले राजधानीमा धेरै शौचालयहरु बन्दैछन् शौशाचय बनाउन नमिल्ने स्थानमा घुम्ती शौचालयहरु स्थापना भएका छन् । शायद मैले भनेका कुराहरु झुट थिए तर देशको इज्जतका लागि मैले झुट नै भए पनि बोलिदिए ।
आज कठमाण्डौ उपत्यकाका धेरै मेयर सासंद, वडाध्यक्ष, मन्त्री, प्रधानमन्त्रीलगायत नेताहरुले आफ्नो नेतृत्वको कार्यकाल सफल भएको भनेर जति स्वेतपत्र जारी गरे पनि राजधानीको न्युनतम पुर्वाधार शौचालय असुबिधा यथावत छ ।
जनसङ्ख्याको चापलाई हेर्दा अहिले निश्चित स्थानहरुमा मात्र शौचालय छ । भएका ती शौचालयमा पनि न त पानी हुन्छ न त कुनै सरसफाइ । बालुवाटारमा पिसाब लगे रत्नपार्क आएर मात्र शौचालय भेटिन्छ । त्यस समयमा मानसिक पिडा कति हुदो हो ।

अहिले काठमाडौंमा भारतीय फिल्म अवार्ड (आइफा) को चर्चा छ । सरकारले आइफालाई दिने रकमले राजधानीमा ४ हजार पाँच सयवटा सार्वजनिक शौचालय बनाउन सकिन्छ । सरकारले भारतीय कलाकारका लागि गर्ने लगाानी आफ्नै देशको राजधाानीमा सार्वजनिक शौचालय बनाउन खर्चन सके हामी नगरबासी अझ सभ्य र सुसंस्कृत हुन सक्छौं । यो रकम हाम्रा लागि बहुतै ठुलो रकम हो ।
सरकारको महत्वकाक्षी योजना ‘पर्यटन वर्ष २०२०’ सफल कामााडडौं शहर सफा र हराभरा हुनु आवश्यक छ । पर्यटक राजधानी आउदा शौचालय सझिलै भेट्टाउन सके राम्रो हुन्छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ७ : १८ बजे