१९ मंसिर २०८०, मंगलबार | Tue Dec 5 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


५ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ


२१ असार २०७६, शनिबार  

0
Shares


महेश सिंह महतो
२१ असार ०७६, सिरहा । सिरहाको पटेर्वा नगरपालिका १७ कमला खोलाको छेउबाट सशस्त्र प्रहरीबलले एक भारतीय युवालाई ५ केजी ४५० ग्राम अबैध गाँजा सहित पक्राउ गरेको छ ।
पक्राउ परेका युवा भारतको मधुवनी जिल्लाको लुवाही बलुवा भन्ने टोलको २८ वर्षीय शत्रुधन कुमार सिंहलाई मोटरसाइकलमा गाँजा लुकाएर लैजाने क्रममा सशस्त्र प्रहरी बल सिमा सुरक्षा पोष्ट माडरको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर शाहीको टोलील पक्राउ गरेको हो ।
शत्रुधन कुमार सिंह र मोटरसाइकललाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएका शसस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर शाहीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ९ : ५० बजे