१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


वालवच्चाको पनि प्रर्दशनी हुने


२८ असार २०७६, शनिबार  

0
Shares


लपु संवाददाता
२८ असार ०७४, काठमाडौं । तस्विर प्रर्दशनी,आर्ट प्रर्दशनी त सुनिएकै हो । तर अव स–साना बच्चाहरुको पनि प्रर्दशनी हुने भएको छ । राजधानीको थापाथलीस्थित परोपकार प्रसुती अस्पतालमा विगत ५७ वर्षदेखि नियमित रुपमा आयेजना गरिरहेकोे वालवालिका प्रर्दशनी यस बर्ष साउन १७ गते विहान ९ बजेबाट शुरु हने अस्पताल प्रशासनका केदारनाथ उलकले जानकारी दिएका छन् ।
एक वर्षसम्मका वालवालिकाहरुलाई तीन श्रेणीमा बाँडेर हुने प्रतिश्पर्धात्मक प्रर्दशनीमा जन्मेदेखि ४५ दिनसम्मका वालवालिकाहरुलाई पहिलो समूहमा राखिनेछ । ४५ दिनदेखि ६ महिनासम्मका वालवालिकाहरु दोश्रो समूह र ६ महिनादेखि १ वर्षसम्मका वालवालिकाहरुलाई तेश्रो समूहमा विभाजन हुनेछ । हरेक समूहमा पहिलो, दोश्रो,तेश्रो र सान्त्वना पुरस्कारण पनि वितरण हुनेछ ।
इच्छुक अभिभावकहरुलाई आफ्नो बच्चा प्रर्दशनीका लागि अस्पताल प्रशासनबाट रु १ सय रुपैया तिरेर फरम भर्न सक्नेछन् । फारम साउन १२ गतेबाट २ दिनका लागि मात्रै खुलाइएको छ । प्रर्दशनीमा उत्कृष्ट ठहरिएको बच्चाहरुलाई भदौ ६ गते कृष्णाष्ठमीको दिन पुरस्कार समेत वितरण हुनेछ ।
शिशु प्रर्दशनीमा भाग लिने वाववालिकाहरुलाई १४ वर्षसम्म अस्पतालमा उपचार गराउदा ओपिडि टिकट शुल्क तिनु नपर्ने सुविधा हनेछ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ८ : ५७ बजे