२८ असार ०७६, काठमाडौं । स्थानिय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले हात्तीगौडास्थीत छहारी भवनमा हाट बजार शुरु भएको छ । बुढानिलकण्ठ नगरपालिकाका एकल महिलाहरुले बनाएको सामानहरु यस प्रर्दशनीमा राखिएको हो । हाट बजारमा हस्तकलाका सामान,अर्गानिक तरकारीहरु,अचार,झोल साबन,हर्पीक,किचेन सेट,डायनिङ सेटहरु,महिलाहरुले लगाउने पोते,झोलालगायत छन् ।
एकल महिलाहरुलाई रोजगारी दिई स्थानिय उत्पादनलाई बजारीकरण गर्न हाड बजार शुरु गरिएकों छहारीकी सस्थापक अध्ययक्ष लिलि थापाले बताइन् ।
हाट बजार प्रत्येक महिनाको अन्तिम शुक्रबार अपरान्हे १ बजे देखी ५ बजे सम्म चल्नेछ ।
प्रतिक्रिया