५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


चापागाँउमा खुल्यो प्रभु बैकको शाखा


५ श्रावण २०७६, आइतबार  

0
Shares

लपु संवाददाता
५ साउन ०७६, प्याङ्गगाँउ । दक्षिण ललितपुरको सदरमुकामको रुपमा परिचित चापागाँउका प्रभू बैंकको १ सय ८८औं शाखा खुलेको छ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले आइतबार विधिवत रुपमा शाखाको उद्घाटन गरे ।
प्रभु बैकका देशभर १५० भन्दा बढी एटिएम बुथ रहेको छ भने एक्टेन्सन काउन्टर २४ बटा खुलेका छन् ।
यो शाखा खुलेसँगै चापागाँउमा भने बैकको संख्या ९ पुगेको छ ।

बैकका सिइओ अशोक शेरचनले प्याङ्गगाँउमा खुलेको यो बंैकले स्थानीय क्षेत्रमा साना लगानीका क्षेत्रमा सञ्चालित उद्योगमा लगानी गर्ने वताए । उनले भने, ‘बैंकले ७ किसिममा कृषि,महिला उत्थान,दलित उत्थान,वेरोजगार , युवा, प्रविधि र शिक्षामा सहुलियतपूण ऋणमा लगानी गर्नेछ ।’ शेरचनले स्थानीय सरकारसँग मिलेर काम गर्न चाहेको धारणा व्यक्त गरेका थिए ।
नगरका मेयर गजेन्द्र महर्जनले नगरपालिका क्षेत्रमा ५० लाखको रुपैयाको सिसि क्यामेरा जडान गर्न लागेको जानकारी दिदै लगानीकर्ताले ढुंक्क भएर काम गर्न अनुरोध गरे । स्थानीय क्षेत्रमा सञ्चालित खानी र क्रसरमा लगानी गरेर बैंकले लाभ लिन सक्ने उनको सुझाव थियो ।


बैंकका संचालक रमेशसिंह खड्काले बंैकले स्थानीय सरकारको विकाशमा सघाउदै काम गर्न चाहेका वताए । बैकका शाखा प्रमुख दिपक खरेलका अनुसार बैंकले औपचारिक कारोबार आइतबारबाट शुरु गरिसकेको छ । खरेलले भने, ‘बैंकमा आएर अब स्थानीयले खाता खोल्न र पैसा जम्मा गर्न सक्छन् ।’

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १२ : ३३ बजे