१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


पाटनमा पानीको हाहाकार


७ श्रावण २०७६, मंगलबार  

0
Shares

लपु संवाददाता
७ साउन ०७६, चापागाँउ । दुई हप्ताअघि आएको बाढीले नख्खु खोलाको पाइप बगाउदा चापागाँउ ठेचो सुनाकोठीदेखि पाटनसम्मका बस्तीमा पानीको अभाव भएको छ ।
बढीले नल्लुको बासुकी र ढुंगेमा खानेपानीको पाइप बगाउदा पाटनमा पानीको अभाव बढेको हो । स्थानीय नजिकको कुवा जरुवावाट आएको पानी जोहो गरेर दैनिकी चलाइरहेका छन् । चापागाँउ ठेचो क्षेत्रमा कुना र इनाररहेको ठाँउमा गाग्रीको लाइन देखिन्छ ।
धारामा पानी नआउदा बस्तीमा पानी नहुँदा दैनिक कष्टकर बन्दै गएको चापागाँउकी ज्योति दुलालले बताइन् । उनले भनिन्, पानी नहुँदा २ हप्तादेखि कपडा धुन पाइएको छैन । खानेपानीको पनि समस्या छ ।

अहिले बासुकीको एउटा पाइप जडान भइसकेको छ । अर्को पाइप छोडेपछि छिट्टै पानी पठाउने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)चापागाँउका इन्चार्ज समुन्द्र केसीले वताए । उनका अनुसार अहिले मुलडोल र चारघरेको बोरिङ्गको पानी दैनिक आधा घण्डा छोडिएको छ ।
केयुकेएल चापागाँउका कार्यलय सहयोगी मानिकलाल महर्जनले मुहानबाट पानी नआएदा ट्याङ्की खाली रहेको जानकारी दिए । उनले भने, ‘मुहानबाट पानी आएपछि ट्याङकी भरिएपछि १÷२ दिनमा पानी पठाइन्छ ।’

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ७ : १० बजे