
महेश सिंह महतो
९ श्रावण ०७६, सिरहा । सप्तरीको सुरुगा नगरपालिका लक्ष्मीपुरस्थित मुनि खोलामा आएको बाढीले यात्रुहरु अलपत्र परेको छन् । गाईघाट र नेपालटार जाने मुल सडकमा पानी जम्दा गाडीहरू बन्द भएका हुन । लगातारको बर्षाले मुनिखोलामा आएको बाढीले सप्तरीको बासिन्दाहरु त्रसित छन् ।
उक्त खोलामा आएको बाढीले प्रत्येक बर्ष बाढीपहिरोबाट आसपासको गाउँहरु लक्ष्मिपुर ,कर्हर्वा, चहका, भेडियालगायतका गाउँहरु डुबानमा पर्ने गरेका छन् । मंगलबार , बुधबार र बिहीबार परेको पानीले सडक अबरुद्ध भएको हो ।

खोलामा पुल नहुदा काठमाडौं र बिराटनगरबाट आउने गाडीहरू गन्तव्यमा पुग्न नसकेर सयौं गाडीहरू सडकमै अलपत्र छन् । खोलानजिक बजार नहुँदा यात्रुलाई सास्ती छ । खोलामा पुलको निर्माणको लागि सुरुगा नगरपालिका कुनै चासो नदेखाएको स्थानीयहरुको गुनासो छ ।
प्रतिक्रिया