१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मालपोत कार्यालयमा छापा, नायबसुब्बा पक्राउपछि कर्मचारीको भागाभाग


१३ श्रावण २०७६, सोमबार  

0
Shares


महेश सिंह महतो
१३ श्रावण ०७६, सिरहा । विशेष सुराकीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सिरहास्थित मालपोत कार्यालयबाट पाँच हजार घुस रकमसहित मालपोतका नायब सुब्बालाई रंगेहात पक्राउ गरेको छ ।
अख्तियार टोलीले सिरहाको मालपोत कार्यालयमा सोमबार दिउसो कार्यालयको समयमा नायब सुब्बा र एक लेखनदासलाई रंगेहात पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिरहा मालपोत कार्यालयमा कार्यरत ५० वर्षीय नायब सुब्बा मिथिलेस्वर ठाकुर र सिरहाको बरियारपट्टी गाउँपालिका – ३ घर भएका ४२ वर्षीय राजवंशी चौधरी रहेका छन् । पक्राउ परेका नायबसुब्बा र लेखनदासलाई थप अनुसन्धानका लागि बर्दिवास कार्यालय लैजाने तयारी गरिरहेको वताइएको छ । नायब सुब्बा पक्राउ परेसंगै कार्यालय प्रमुख रामबाबु मण्डललगायतका कर्मचारीहरु भगाभाग गरेका छन् । केही दिन अगाडी सिरहाको गोलबजार नगरपालिकाबाट अख्तियारको टोलिले ओभरसियरलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ९ : १० बजे