११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरबाट राष्ट्रिय पोशाक बहस शुरु


१६ श्रावण २०७६, बिहिबार  

0
Shares

लपु संवाददाता
१६ साउन ०७६, ललितपुर । ललितपुरबाट राष्ट्रिय पोशाक संरक्षणका लागि अभियान शुरु हुने भएको छ । महाअभियानका अभियन्ता विवश घिमिरेले राष्ट्रिय पोशाक संरक्षण सम्वद्र्धनका लागि ललितपुरबाट बहस शुरु गर्न लागिएको जानकारी दिए ।
केही बर्षअघि सरकारले सबै जातजातीले प्रयोग गर्ने पोशाकलाई नै राष्ट्रिय पोशाक मान्ने निर्णय गरेपछि नेपालको निश्चित राष्ट्रिय पोशाक छैन । सरकार प्रमुखहरुले मित्रराष्ट्र भ्रमण गर्दा पनि सुटमा सझिएर जाँदा राष्ट्रिय पोशाकको अभाव खड्किइको भन्दै बहस हुने गरेको छ ।
घिमिरेले देशको कुनै न कुनै राष्ट्रिय पोशाक हुनु पर्नेतर्क गर्दै भने, ‘हामीसँग दौरा सुरुवाल ढाका टोपी जस्तो मौलिक पोशाक हुँदा हुँदै हटाएको छ । यही पोशाकलाई राष्ट्रिय पोशाक मान्यता दिन आवश्यक छ ।’
उनका अनुसार अन्य कुनै राष्ट्रिय पोशाकको रुपमा मान्न सकिने भए बहसमा ल्याउनु जरुरी छ ।
अभियान अन्र्तगत शुक्रबार ललितपुरमा अन्र्तक्रिया आयोजना गरिएको छ । उनका अनुसार राष्ट्रिय पोशाकलाई कार्यान्वयनमा ल्याउन राष्ट्रिय पोशाक संरक्षण माहाअभियानले देशभर अन्तक्र्रिया शुरु गर्नेछ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहिबार  १० : १३ बजे