१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दौरा सुरुवालप्रति सम्मान छ ः माधव नेपाल


१७ श्रावण २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
१७ साउन ०७६, ललितपुर । पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले दौरा सुरुवाल र ढाका टोपीलाई आफूले सधै सम्मान गर्ने वताएका छन् । राजधानीमा आयोजित राष्ट्रिय पोशाक संरक्षण महाअभियानले राष्ट्रिय पोशाक घोषणाको सन्र्दभमा आयोजना गरेको अन्र्तक्रियामा बोल्दै नेपालले भने, ‘म ढाका टोपी लगाएर हिड्ने गर्छु । पोशाकले राष्ट्रियता प्रबद्र्धन गर्न सहयोग पुग्छ भन्ने मलाई विश्वास छ ।’
नेपालले आफू प्रधानमन्त्री भएको ताका डेनमार्क भ्रमणको बेला तत्कालीन अमेरिकी राष्ट्रपति वाराक ओवमाले नेपाली टोपी लगाएको देखेपछि चिनेर हात मिलाएको प्रसंग उल्येख गर्दै नेपालको अन्र्तरष्ट्रिय मञ्चमा राष्ट्रियता प्रर्बद्धन गर्न राष्ट्रिय पोशाक उपयोगी हुने तर्क गरे ।


संस्कृतिविद् सत्यमोहन जोशीले सरकारले पोशाक नीति बनाएर राष्ट्रिय पोशाक कार्यान्वयनमा ल्याउनु पर्ने विचार व्यक्त गरे । जोशीले अन्तराष्ट्रिय मञ्चमा भाग लिदा नेपालका उच्च पदस्त सरकारका प्रतिनिधिहरु राष्ट्रिय पोशाकमा नगए देशको पहिचान नझल्कने हुदा त्यसतर्फ ध्यान दिन सुझाव दिए । देशमा १ सय भन्दा धेरै जातजातीको पोशाक रहेको र सबैलाई मान्य हुने एउटा पोशाकलाई राष्ट्रिय पोशाक घोषणा गर्नु पर्ने उनको सुझाव थियो ।
नेपाली काग्रेसका नेता कृष्णप्रसाद सिटौलाले रााष्ट्रिय पोशाक जरुरी नरहेको वताए ।उनले भने, ‘नेपाली जनतालाई सेना पुलिसलाई जस्तो एउटै यो मात्रै पहिरन लगाउ भनेर भन्न सकिदैन ।’
उनले नेपालीहरुले लगाउने विभिन्न पोशाकहरुको संग्रालय भने बनाउनु पर्ने आवश्यत्ता औल्यााए ।

प्रतिनिधि सभाकी सासंद शान्ता चौधरीले पुरुषको तुलनामा महिलाहरुले सारी र चोलो लगाएर पुरानो राष्ट्रिय पोशाकलाई प्रबद्र्धन गरेको तर्क गरिन्् ।

ललितपुरका सासंद नवराज सिलवालले सरकारी अधिकारीहरुले नियमित रुपमा दौरा सुरुवाल लगाउने हुँदा राष्ट्रिय पोशाक सरहको मान्यता पाएका बताए । राष्ट्रिय पोशाकको सन्र्दभमा बहस शुरु भएकोमा खुशी व्यक्त गर्दै सिलवालले राष्ट्रिय पेशाकमा केही मतभेद भए परिमार्जन गरेर भए पनि राष्ट्रिय पोशाक घोषणा गर्न आवश्यक भएको विचार व्यक्त गरे ।


अभियानका अध्यक्ष विवश घिमिरेले दौरा सुरुवाललाई नै औपचारिक पोशाक र वैशाख १ गतेलाई राष्ट्रिय पोशाक दिवश घोषणाको माग गरे । घिमिरेले विद्यार्थी, प्रहरी,सेना,पाइलट,डाक्टरलगायत सबैको पोशाक हुने तर देश हाक्नेको पोशाक किन नहुने भन्दै प्रश्न पनि गरेका थिए ।
अभियानले हरेक वैशाख १ गते राष्ट्रिय पोशाक दिवश मनाउन माग गर्दै प्रर्दशन गर्दै आएको छ । यसअघि औपचाारिक पोशाकको माग गर्दै पुर्वप्रधानमन्त्रीहरु,राष्ट्रिय पार्टीका अध्यक्षहरु,सभामुख र जिम्मेवार मन्त्रीहरुलाई ज्ञापनपपत्र बुझाइ सकेको छ ।
सरकारले नयाँ संविधान निर्मााणको प्रकृयामा रहेको बेला २०६८ सालमा सबै जात जातीको पोशाकलाई राष्ट्रिय पोशाकको मान्यत दिदै दौरा सुरुवाल र ढाका टोपीलाई हटाएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ४ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।