१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


किन टाँसिन्छ घर–घरमा नाग ?


२० श्रावण २०७६, सोमबार  

0
Shares


२० साउन ०७६, ललितपुर । आज श्रावण शुक्ल पञ्चमीका दिन परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजा गरेर मनाइएको छ ।
घरको मुल ढोकामा नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने धार्मिक विस्वास छ ।
विहान सूर्योदयको समयमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मान्निछ ।
नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु मानिन्छ । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो ।
वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

प्रत्येक घरमा नाग रहेका हुन्छ भन्ने मान्यताको आधारमा आज घरको मुल ढोकामा नागको तस्विर टाँसेर पूज ागर्ने गरिउको हो । घरको जगमुनि बसेको हुँदा अनिष्ट भई नाग रिसाएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिंदै आइएको हो ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ७ : ५३ बजे