५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सोमबार सुनको भाउ पन्ध्र सय बढ्यो


२० श्रावण २०७६, सोमबार  

0
Shares

२० साउन ०७६, ललितपुर । सोमबार सुनको मूल्य एक हजार ५०० रुपैयाँले बढेर नयाँ उचाइमा कायम गरेकोे छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य बढेको हो ।
आइतबार ६६ हजार ३ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य सोमबार १ तोलाको एक हजार ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । सोमबार छापावाला सुन प्रतितोला ६७ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको छ भने तेजावी सुन ६७ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

अन्तराष्ट्रिय बजारमा सून महँगो भएपछि सुनको मूल्यले नेपाली बजारमा हरेक दिन नयाँ रेकर्ड बनाउदै गएकोे छ । गतसाउन १६ गतेदेखि बढ्न थालेको सुनको मूल्य बढेर दिनदिनै नयाँ उचाइम लिन थालेको हो । साउन १६ गते नेपालीबजारमा सुनको मूल्य ६३ हजार ९ सयमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  २ : १९ बजे