४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


इन्द्रचोकमा बढ्दैछ साउनको हरियाली


२१ श्रावण २०७६, मंगलबार  

0
Shares

ललितपुर खबर फोटोग्राफी
२१ साउन ०७६, काठमाडौं । साउनमा महिलाहरु हरियो चुरा, पोते र मेहन्दीेले सझिएका भेटिन्छन् । हिन्दु महिलाहरु साउन महीनाभरी हरियो चुरा, पोते, मेहन्दी, हरियो साडी, हरियो नङ्गपालिस लगाएर श्रीमान्को लामो आयु तथा दीर्घायुको कामना गर्ने गर्छन् ।
त्यसैले त राजधानीको इन्द्रचोकस्थित पोते पसलमा महिलाहरुको भीड लाग्छ । विभिन्न रंग र गुणस्तरका पोते चुरा र पालिसमा मात्रै होइन । यहाँका सडक पेटीमा मेहेन्दी लगाइ दिनेहरुको लस्कर हुन्छ ।

राजधानीको केन्द्रका रुपमा परिचित इन्द्रचोक बजारमा हरियो चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइनभ्याई छ । अबिवाहित युवतीहरुले असल बर पाउन हरियो चुरा मेहन्दी लगाएर व्रत बसी भगवान शिवको व्रत बस्ने गर्ने र शिव मन्दिरमा हरेक सोमबार पूजाआजा गर्ने गर्छन् । साउन महीनामा खासगरी अधिकांश हिन्दू महिलाले हरियो चुरापोते र मेहन्दी लगाउने हुँदा व्यापार उल्येख्य रपमा बढ्ने स्थानीय व्यापारी बताउछन् ।


व्यापारहरुहरुका अनुसार कतिपय महिलाहरुले धार्मिक महत्व बुझेर नै लगाउने गरे पनि कतिपय महिलाले देखासिखी र लहैलहैमा पनि हरियो चुरा, पोते तथा मेहन्दी लगाउने गरेका बताए । साउनमा जतातै हरियाली छाउने र महिलाले पनि हरियो बस्त्र धारण गर्दा सुन्दर देखिने भएकाले साउन महीनामा हरियो चुरा, पोते, हरियो कपडा र मेहन्दी लगाउने गरेको छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  १० : ५३ बजे