६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउ सडकको विजोक, सडकमै पोखरी (तस्विरहरु)


२२ श्रावण २०७६, बुधबार  

0
Shares

ललितपुर खबर फोटोग्राफी
२२ साउन ०७६, चापागाँउ ।
तपाई चापागाँउको यात्रा गर्दै हुनुहुन्छ ? याद गर्नुस् भने तपाईले दर्जनौं पोखरी पार गर्नु पर्नेछ । सडकको पोखरी ।
बर्षैदेखि जीर्ण चापागाँउ सडक अहिले कन्तविजोक छ । बर्षे भेलले सडकभरि पोखरी नै पोखरी बनेका छन् । घाम लाग्दा धुलो उड्ने यो पानी पर्दा हिलोले हिडी नसक्नु हुन्छ ।

सातदोवाटोबाट चापागाँउ जाँदा ठेचोबाटै सडकमा पोखरी देख्न सकिन्छ । पोखरी पार गर्ने क्रममा गाडी हुइकिन हिलो छ्यापिएको दृश्य आजकल सामान्य झैं लाग्न थालेको छ ।
धलोु धुँवाले आक्रान्त याँहाका स्थानीयबासीले सडक निर्माणको माग राखेर २ पल्ट आन्दोलन गरिसके । तर स्थानीयको आन्दोलन र मागको विषयमा प्रशासन गम्भिर नभएको याँहाका बासिन्दाको आरोप छ ।

गतबैशाखमा स्थानीयबासीको सक्रियतामा यथास्थितीमा कालोपत्रे गर्न माग गर्दै ५ दिन सडक बन्द भयो । प्रशासनले तत्काल सडक मर्मत शुरु गर्ने र असोमसम्म यथास्थितीमा कालोपत्रे गर्ने सहमती पत्र सार्वजनिक गरेपछि आन्दोलन रोकिएको थियो ।
तर अहिलेसम्म सडक मर्मतको काम शुरु नै भएको छैन ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ११ : २७ बजे