३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


चुरोट खाँदा एक सय जरिवाना


२७ श्रावण २०७६, सोमबार  

0
Shares

लपु संवाददाता
२७ साउन ०७६, मानभवन । तपाईले चुरोट तान्दा कही कतै जरिवाना तिर्नु भएको छ ? मानभवनस्थित जिल्ला प्रशासन कार्यालय भित्रको क्याण्टिनमा बसेर तपाईले चुरोट खाँदा १ सय जरिवाना तिर्नुपर्छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरको क्यान्टिनमा यस्तै सूचना लेखेर राखिएको छ । सूचनामा लेखिएको छ । तपाईले चुरोट खानु भए १ सय जरिवाना लाग्ने छ वा पसलबाट बाहिर निकालिनेछ ।


यो क्याण्टिनले चुरोट खाने ग्राहकलाई सजायको व्यवस्था गरेको १० वर्षभन्दा धेरै भएका होटलका वताउछन् । उनी भन्छन्,‘हामीले आजकल जरिवाना चाही लिने गरेका छैनौं । बाहिर जानुस् भन्छौं । उहाँहरु जानु हुन्छ ।’
पसलका संचालक रत्न महर्जन सार्वजनिक सूर्तिजन्य पर्दाथ ऐन २०६८ कार्यान्वयन गर्न र अन्य ग्राहकलाई चुरोटको असरबाट बचाउन यो नियम लागू गरिएको वताए ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ९ : ४७ बजे