४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


‘अव ठुला मिडीयामा श्रमजिवि आन्दोलन शुरु’


२८ श्रावण २०७६, मंगलबार  

0
Shares

शरद रेग्मी
२७ श्रावण ०७६, दाङ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजिवि पत्रकारहरुको हक अधिकार दिलाउनका लागी आन्दोलन गर्ने चेतावनी दिएका छन् । रिपोटर्स क्लव नेपाल दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले श्रमजिवि पत्रकारहरुलाई न्युनतम पारिश्रमिक, नियुक्ति पत्र दिलाउनका लागी आन्दोलन शुरु गर्ने वताएका हुन् । उहाँले श्रमजिवि पत्रकारहरुलाई हक अधिकार दिलाउनका लागी ठुला मिडिया हाउसबाट आन्दोलन शुरु गर्ने बताए ।
श्रमजिवि पत्रकारहरुलाई अधिकार दिलाउनका लागी मिडीया हाउस वन्द भए पनी आन्दोलन नरोकिने प्रष्ट पारे । सरकारले ल्याउन लागेको प्रेसविरोधि विधेयक महासंघको आन्दोलनका कारण रोकिएको उनले दावी गरे ।
पत्रकार महासंघ आफैमा आन्दोलनको नाम भएको भन्दै सरकारले ल्याउने प्रेस विरोधि कानुनलाई कहिल्यै नमान्ने जानकारी दिदै सत्तामा पुग्ने हरेक राजनितिक दलले प्रेसलाई कुन्ठीत गर्ने तथा प्रेस स्वतन्त्रता बिरोधि कानुन ल्याउन खोज्ने गरेको भन्दै त्यसका विरुद्ध सधै लड्ने जानकारी दिए । अध्यक्ष आचार्यले महासंघ अहिले सरकारका तिनै तहले ल्याउने प्रेस कानुनका बारेमा लागि परेको भन्दै सवै तहले प्रेस मैत्री कानुन ल्याउने बिश्वास समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले महासंघले थालेको आन्दोलका कारण सरकारपछि हटेको दावि गर्दै सरोकारवालाहरुसंग समन्वय र सहकार्य नगरि ल्याउने जस्तो सुकै कानुन आफुहरुलाई मान्य नहुने उहाँको जिकिर गरे । महासंघ अहिले महासंघको भावि रणनिति ,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि भेटघाट र छलफलमा रहेको समेत दावि थियो । साथै विष्टले महासंघले थालेको आन्दोलनका क्रममा देशभरिका पत्रकारहरु सडकमा आएर सफल बनाएको भन्दै धन्यबाद ब्यक्त गर । सो अवसरमा पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोेख्रेल, तुलसीपुर उद्योग बाणिज्य
संघका अध्यक्ष विरबहादुर रावत विरु ,नेपाल पत्रकार महासंघका लेखा अधिकृतप्रकाश श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ७ : ४० बजे