५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


राजधानीमा तीज मेला हुँदै


२८ श्रावण २०७६, मंगलबार  

0
Shares

२८ साउन ०७६,काठमाडौं । नेपाली महिलाहरुको विशेष पर्व तीजको मौका पारेर राजधानीमा ‘१२ औं तीज मेला तथा अन्तराष्ट्रिय व्यापार मेला २०७६’ आयोजना हुने भएको छ । राजधानीको त्रिपुरेश्वरस्थित यूनाइटेड वल्र्ड टे«ड सेन्टरमा यो मेला हुन लागेको हो । यही भदौ १० गतेदेखि १४ गतेसम्म आयोजना हुने मेलाको महिलाहरुले लगाउने विभिन्न लत्ता कपडा र श्रृगारका सामानहरु प्रर्दर्शित हुनेछ ।

यहाँ १२ वर्षदेखि तस्ीजको अवसर पारेर मेला सञ्चालन हुँदै आएको छ । तीज मेलाको यो १२ औं संस्करणका सहआयोजकमा डिइसीसी नेपाल रहेको छ । तीजको अवसरमा राजधानीमा आयोजना गरिने यो नै ठूलो मेला हो । मेलामा तीजमा महिलाहरुले लगाउने विभिन्न डिजाइनका कपडा,श्रृगारका सामान र गरगहना हुनेछन् । विशेष गरेर महिलाहरुले लगाउने तिलहरि र पोतेलगायतका गरगहना यहााको आर्कषण रहने गर्दछ ।
मेलामा यो वर्ष काठमाडौंमा १०० भन्दा बढि कम्पनी, संघ, संस्थाहरुको सहभागीता हुनेछ भने पचास हजारभन्दा बढि मानिसहरुले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले वताएको छ ।

मेलामा विशेष गरेर महिला उद्यमीहरुको सहभागिता हुने गरेको छ । महिलाहरुले प्रयोग गर्ने सरसामानहरुलाई श्रृजनात्मक उत्पादन र सेवा मार्फत प्रदर्शन गर्ने उद्देश्यले वार्षिक रुपमा आयोजना गरिँदै आएको छ ।
आयोजकका अनुसार यहाँ भारत, पाकिस्तान, बंगलादेश तथा अन्य देशका स्टलहरु पनि मेलामा रहनेछन् ।

यहाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रर्दशकहरु सहभागी हुनेछन भने नयाँ ब्राण्ड र उत्पादनहरु सार्वजनिक पनि हुनेछन् । प्रदर्शनीलाई आकर्षक र मनोरञ्जक बनाउनका लागि फ्रि फोटो सुट, लक्कि ड्र, डोर प्राइज, निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श, निःशुल्क मेहन्दी लगाउने कार्यक्रम, निःशुल्क कपाल कटिङ कार्यशाला, बालबालिकाहरुका लागि गेमिङ्ग जोन, लाइभ म्यूजिक एण्ड कल्चर प्रोग्राम लगायतका कार्यक्रम राखिएको आयोजकले जानकारी दिएको छ ।

प्रर्दशनीमा विभिन्न व्यवसायीक कम्पनी संघ संस्थाहरुसँग सम्पर्क विस्तार र व्यवसाय बृद्धिको लागिसँगै महिला उद्यमशीलताकोे लागि सेमिनार पनि हुनेछ। नेपाल चेम्बर अफ कमर्शले सहयोग गरेको मेलामा पाकिस्तानबाट १२, भारतबाट १२, बंगलादेशबाट १२ तथा नेपालीहरुको तीज विशेष ७० वटा गरेर १०६ स्टल रहने छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  १० : १२ बजे