
महेश सिंह
३१ साउन ०७६ सिरहा । सिरहामा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको कर्जनहा नगरपालिका वडा न ८ बस्ने बिजय पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले भारतबाट लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा पैदलयात्री पासवानलाई चेक जाँच गर्दा लाग” औषध भेटिएपछि सदा पोशाकका प्रहरीले पक्राउ गरेको हो । उनले १५० पिस नाईट्रोभेट ट्रयाबलेट भारतबाट नेपालतर्फ ल्याइरहेका थिए ।
पासवानलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता अपिल राज बोहराले जानकारी दिए ।
प्रतिक्रिया