१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भक्तपुर अस्पतालको व्यवस्थापन समिति पुर्नगठन गरेकोमा आपत्ति


३२ श्रावण २०७६, शनिबार  

0
Shares

३२ साउन ०७६, काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिले अस्पताल व्यवस्थापन समितिका अध्यक्षलगायत सदस्यहरुमा लांक्षना लगाएको भन्दै ध्यानाकार्षण भएको वताएको छ ।

शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनबाट संस्थाद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘हालको परिस्थितीमा एउटा पारीवारीक वातावरणमा सुमुधर सम्वन्धबीच अस्पताल व्यवस्थापनमा कर्मचारी र व्यवस्थापनबीच रहेको असल सम्वन्धमा एक्कासी असहज वातावरण श्रृजना गरी कपोलकल्पित आरोपहरुको समाचारहरु पत्रिकामार्फत सम्पे्रषण गरी स्वास्थ्य सेवाजस्तो सम्वेदनशील क्षेत्रमा राजनैतिक कृयाकलाप सञ्चालन भएकोमा हामीलाई दुःख लागेको छ ।’
कार्यक्रममा संस्थाका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले अस्पतालमा कार्यरत केही कर्मचारी, डाक्टरहरुले आफ्नो व्यक्तिगत स्वार्थ र राजनैतिक स्वार्थको लागि अस्पताल एवं व्यवस्थापन समितिसँग बिना वार्ता एवं छलफल अस्पताल कर्मचारीहरुको मात्र एकतर्फि कुरा सुनि भक्तपुर नगरपालिकाले वर्तमान अस्पताल व्यवस्थापन समितिलाई पुर्नगठन गरेकोमा आपत्ति जनाए ।

भक्तपुर क्यान्सर अस्पतालको सेवा निर्वाध एवं बाधा व्यवधान बिनानै सुचारु होस भन्ने कुरामा आफूहरु अत्यन्त सम्वेदनशील हुदै सहकार्य, वार्ता र सम्वादको माध्यमबाट टुंगोमा पुग्न व्यवस्थापन समितिका पदाधिकारीहरु तयार रहेको अध्यक्ष श्रेष्ठले विश्वास दिलाए । आफूहरु कानुनी लडाई लड्ने तयारीमा रहेको पनि श्रेष्ठको भनाई छ ।

भक्तपुर नगरपालिकाले आफ्नो छुटृै व्यवस्थापन समिति गठन गर्ने निर्ण गरेपनि आफूहरुको मौजुदा व्यवस्थापन समिति यथावत रहेको पनि उनीहरुले जनाएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ११ : ३५ बजे