११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पुल्चोकको पर्यटक पार्किङकोे ताल्चा खुल्यो


१ भाद्र २०७६, आइतबार  

0
Shares

१ भदौं ०७६, पुलचोक । ललितपुर महानगरपालिकाले १ वर्ष ६ महिनापछि पलेस्वाः पुखु निर्माण सुरु गर्ने वताएर पर्यटकको सवारी साधन पार्किङ स्थलको ढोकामा लगाएको ताल्चा आइतबार खोलेको छ ।
ललितपुर महानगरपालिका कार्यालय भवनको दक्षिणपट्टि रहेको करीब पाँच रोपनी उक्त जग्गामा न ः त्वा ः सुधार समितिले साउनको १ गतेबाट ताल्चा लगाएको थियो । असार ३१ गतेसम्म समितिले नै त्यस स्थानमा पार्किङ संचालन गरेका थियो । महानगरले टेण्डर प्रक्रिया मार्फत आएको समूहलाई पार्किङ संचालनको स्वीकृति दिएपछि उक्त समितिले त्यस पार्किङ स्थलमा पोखरी नै निर्माण गर्नुपर्ने मागअघि सारेको थियो ।
महानगरले आइतबार सार्वजनिक गरेको कार्यक्रम अनुसार आउँदो मंगलबार डिपीआर र इआइए कार्य सुरु गर्ने उल्लेख गरिएको छ । महानगरका प्रमुख चिरीबाबु महर्जनले पर्यटक भ्रमण वर्ष २०२० लाई लक्षित गरेर यस स्थानमा केही समय पार्किङ नै संचालन गर्न लागेको बताए । उनले भने , ‘पाटन दरबार क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग पुल्चोक हो, महानगरको अन्यत्र यस्तो खुल्ला ठाउँ छैन, त्यसैले त्यो समयसम्म पार्किङ नै संचालन गर्न लागेका हौं।’ नगरप्रमुख महर्जनले महानगरले पोखरीको ठाउँमा चिरकाल पर्यन्त पार्किङ संचालन गर्ने योजना नबनाएको प्रष्ट पारे ।
महानगरले यो विवादलाई सम्वाद र सहमतिबाट नै टुंगोमा पु¥याउन वडा नं ३का वडा अध्यक्ष श्रीगोपाल महर्जनको संयोजकत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरेको थियो । वार्ताको मध्यस्तता ज्यापू समाजले गरेको थियो । महानगरलाई मासिक ४० हजार रुपैयाँ तिर्ने गरी टेण्डर सम्झौता गरेर उक्त समितिले पार्किङ सुरु गरेको थियो । उक्त अबधिमा भएको टेण्डर सम्झौता अनुसार प्रत्येक वर्ष निश्चित प्रतिशत बढ्दै जाँदा यो गत असार मसान्तसम्म ५७ हजार पुगेको थियो । जुन अहिलेको समयमा अत्यन्तै न्युन हो । उक्त पार्किङ स्थलको लागि एक लाख ६१ हजारको टेन्डर प्राप्त भएको छ । नः त्वाः सुधार समितिको पार्किङ संचालन गर्ने समय अवधि असार मसान्तमा सकिने भएकाले महानगरपालिकाले जेठ १० गते नै राष्ट्रिय दैनिक पत्रिकामा टेण्डरको सूचना प्रकाशित गरेको थियो । टेण्डर आव्हान गर्दा उक्त समिति टेण्डरमा सहभागि भएन । पार्किङ्ग सञ्चालन भएको स्थान २०२१ सालसम्म पोखरी थियो ।
त्यहाँ टिकाभैरवदेखि राजकुलोबाट पानी आउँथ्यो । वस्ती विस्तारसँगै राजकुलो मासियो । मैदान बनेको पलेश्वाः पुखुः रहेको स्थानमा २०५४ सालमा तत्कालीन उपमहानगरको सक्रियतामा सभा हल बनाउनका लागि सिलान्यास समेत भएको थियो । तत्कालीन उपमहानगरपालिकाका मेयर बुद्धिराज बज्राचार्यको पहलमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सभाहल निर्माणका लागि सिलान्यास गरेका थिए । विभिन्न कारणले त्यहाँ सभाहल निर्माण हुन सकेको थिएन ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ७ : ४४ बजे