१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालकै सुन्दर पुल काठमाडौंको बुद्धनगरमा


५ भाद्र २०७६, बिहिबार  

0
Shares

५ भदौं ०७६, काठमाडौं । काठमाडौंको बिजुलीबजार धोबीखोलामा नेपालकै सुन्दर पुल बन्ने भएको छ । यहाँ निर्माण भइरहेको ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको पुल मंसिरभित्र काम सकिने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले वताएको छ ।
आजकल विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो मात्रै हुँदैन, हेर्नमा पनि राम्रो देखिन्छ । सरकारले चार वर्षअघि जेई कन्स्ट्रक्सन प्रालिलाई पुल निर्माणका ठेक्कामार्फत पुलको निर्माण शुरु गरेको थियो । पुलको चौडाइ १२ मिटर र लम्बाइ ५१ दशमलव ४५ मिटर छ ।
सडकको मुख्य लेनको दुवैतर्फ काम शुरु गरिएकामा एकातिर सम्पन्न भइसकेको र अर्का्तिर काम भइरहेको हो । उनले भने, ‘एकातिर सम्पन्न भएर सवारी साधनसमेत चल्न थालेका छन् भने अर्का्तिर साइटमा काम भइरहेको पाइन्छ ।’ यस पुलमा डिजाइन समेत ठेकेदार कम्पनी आफैँले गरेको उनले बताए ।

आयोजनाले दिएको ढाँचाअनुसार ठेकेदार कम्पनीले डिजाइन गर्ने सम्झौतामा नै उल्लेख छ ।
सडक पुल निर्माण गर्ने स्थानमा खानेपानी, बिजुली, ढललगायत संरचना नहट्नुले ठेकेदारले सरासर काम गर्न नपाएको नपाउदा काम केही ढिलो भएको थियो । यस्ता खाले पुलको आयु लामो हुन्छ । अरू पुलको औसत आयु ५० वर्ष भएकामा यसको एक सय वर्ष हुन्छ ।
माइतीघरदेखि भक्तपुर सडक विस्तारको काम केही वर्ष पहिले जापान अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा सम्पन्न भएको थियो । जाइकाले पूरै सडक छ लेनको निर्माण गरेपनि धोबीखोला र बागमती पुल चार लेनका थिए । सडक चौडाइ कम भएकाले यी पुल र नजिकैका सडकमा दैनिक जाम हुँदा यात्रु र चालक हैरान छन् ।
के हो नेटवर्क आर्क ब्रिज ?
‘नेटवर्क आर्क’ अहिले नेपालमा बनिरहेका पुलहरु भन्दा बिल्कुलै फरक प्रवधिको हुन्छ । यो आर्कमा नै आधारित हुने भएकाले देख्दा पनि निकै फरक खालको हुन्छ ।
यसलाई निर्माण गर्दा शुरुमा खोला र खोल्साको वारिपारि सडकको चौडाइ बराबरकै ‘अब्युटमेन्ट’ अर्थात् बलियो जगसहितको संचरना निर्माण गरिन्छ । यो ‘अब्युटमेन्ट’ पुलको भार थेग्ने प्रमुख संरचना हो । आर्क ब्रिजमा अहिले नेपालमा बनिरहेका पुलमा जस्तो बीच÷बीचमा पिल्लर प्रयोग गरिँदैन । पिल्लर नहालेपनि ‘अब्युटमेन्ट’को आधारमा पुलको वारपार आर्क फिक्सीङ गरिन्छ । र, माथिल्लो भागमा बाङ्गो आकारका आर्क राखिन्छ ।
आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ । आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिन्छ । पुलमा गाडी गुड्दा त्यसको भार आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ । पुलको सम्पूर्ण भारलाई आर्कले नै थेग्छ । त्यसैका कारण पिल्लर नभएपनि यो प्रविधिको पुल बलियो मानिन्छ । यो पुल बनाउन अहिले प्रयोगमा रहेको प्रविधि भन्दा सजिलो छ किनभने खोलाको बीचमा पिल्लर ठड्याउनु पर्दैन, जसका कारण कम खर्चिलो पनि छ ।

विश्वका विकसित देशको प्रविधि नेपाल भित्र्याउनेसमेत उद्देश्यले यस पुलको निर्माण शुरु भएको आयोजनाले जनाएको छ । पुलको माथिल्लो भागमा अर्धवृत्ताकार संरचना निर्माण गरिएको छ । बीचमा बलिया तार जडान हुने र तिनका बीचमा दलिन राखिने श्रेष्ठले बताए।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहिबार  ८ : १२ बजे