१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महानगरका संरचना अपागंतामैत्री बन्दै


११ भाद्र २०७६, बुधबार  

0
Shares

११ भदौं ०७६, पुल्चोक । ललितपुर महानगरपालिकाका मेयर चिरीवावु महर्जनले महानगरका संरचना अपाङ्गमैत्री बनाउने बताएका छन् । ललितपुरको पुल्चोकस्थित कार्यालयमा ललितपुरका अपाङ्गमैत्री संरचनाको अवलोकन गर्न जापानबाट आएका ह्विीलचियर प्रयोगकर्तासँग कुरा गर्दै मेयर महर्जनले यस्तो विचार व्यक्त गरेका हुन् ।
महर्जनले भने ‘वडा नं ३ मा अपागंतामैत्री फुटपाथ बनाएको,जानकारी दिए । उनले उनले महानगरभित्र अब बन्न सबै सार्वजनिक कार्यालयहरु अपागंतामैत्री हुने बताए । जापानस्थित ‘इन्डिपेन्डेन्ट लिभिङ सेन्टर’ इरुकाका प्रतिनिधि हिरोआकी इकादा तसाइ सुन फान लगायतको टोली अवलोकन भ्रमणमा थियो ।


अहिले महानगरभित्र निर्माण भएका सार्वजनिक शौचालय अपागंतामैत्री छन् । अव निर्माणको क्रममा रहेका यस्ता शौचालयहरुलाई समेत अपागतामैत्री बनाइने महानगरको योजना छ । महानगरले छिट्टै अपागतामैत्री विद्युतीय बस संचालन गर्ने तयारी गरेको उनले बताए ।
नगरप्रमुखमा निर्वाचित भएपछि महर्जन दुईपटक जापान थिए । जापानले अपागंता भएकालाई उपलब्ध गराएको सुविधा देखेर महानगरमा लिफ्ट बनाएको उनले बताए ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ९ : २० बजे