१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको वडामा पहिलो सिसिटिभि जडान


१२ भाद्र २०७६, बिहिबार  

0
Shares

लपु संवाददाता
१२ भदौं ०७६, ललितपुर । दुर्गम दक्षिण ललितपुरमा पहिलो पल्ट सिसिटिभि जडान भएको छ । दुर्गम गाँउ शंखुस्थित कोञ्ज्योसोम गाँउपालिका वडा नंं २ कार्यालयमा सिसिटिभि जडान गरिएको हो ।
वडाध्यक्ष ध्रवप्रसाद घिमिरेले सिसिटिभि जडान गर्न १ लाख ५० हजार लागेको बताए । १० वटा क्यामेरा र एक वटा कम्प्युटर पनि छ । जसमा १६ वटासम्म क्यामेरा जडान गर्न सकिन्छ ।
वडाध्यक्षद्घारा कर्मचारीको गतिविधि अवलोकनसँगै सुशासनका लागि सिसिटिभिबाट कार्यालयको गतिविधि अनुगमन गर्दा कार्यालयका काम कारवाही चुस्न हुने अपेक्षाका साथ सिसिटिभि जडान गरेको घिमिरेको भनाई छ ।
सिसिटिभी जडानका लागि इन्टरनेट आवश्यकत्ता पर्छ । यस वडामा २०७४ सालमै इन्टरनेट जडान भएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहिबार  १० : ०५ बजे