२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


झाडीले छोपियो भट्टेडाँडा दुर्घटनाको सामुहिक चिहान


१३ भाद्र २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
१३ भदौं ०७६, लेले । पाकिस्तानी एअरलाइन्सको जहाज २०४९ असोज १६ गते ललितपुरको भट्टेडाँडास्थित सातकन्यामा दुर्घटना हुँदा मृत्यु भएका १६७ जवानमध्ये विदेशीहरुको चिहान लेलेस्थित पिआईए पार्कमा अवस्थित छ ।


मध्यललितपुरको लेले चापागाँउ,छम्पी,झरुवाराशी,देविचौर भट्टेडाँडालगायत स्थानीय क्षेत्रको पर्यटकीय स्थलको रुपमा परिचित छ ।
पिआइए पार्कको नामले परिचित यो पार्क आजकल झाडीले छोपिएको छ । बगैचाका फूलहरु घाँसले छोपिएको छ । बाटो लेउ लागेर हरियो देखिन्छ । सुन्दर लाग्ने भवनहरु रुखले देख्न मुस्किल छ ।


आनन्दवनको छेउमा रहेको पिआए पार्कमा दुर्घटना पर्दा भेटिएका शवका टुक्रा रहेको ९५ वटा कफन बाकस पुरिएको छ । पार्कमा दुर्घटनाका परेका अमेरिकी,क्यानेडियन,भारतीय पकिस्तानी,फ्रेन्च,स्पेनिस र न्युजल्याण्ड देशका नाागरिकको शव छन् ।


केही समय अघिसम्म पाकिस्तानी एअरलान्सले व्यवस्थापन गरेको थियो । त्यस ताकासम्म यो पार्कमा ३ जना कर्मचारी थिए । विष्णुकुमार थापाका अनुसार अहिले एक अमेरिकी नागरिकले गरिरहेको छन् । २०७२ चैत्रबाट थापा एक्लैले पार्क हेरिरहेका छन् थापा प्रतिप्रश्न गर्छ, ‘म एक्लैले के मात्रै गर्नु ?’

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ८ : ५२ बजे