१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्युटार–ससिवा भञ्ज्याङ्ग सडक कालोपत्रे हुँदै


१५ भाद्र २०७६, आइतबार  

0
Shares

लपु संवाददाता
१५ भदौं ०७६, ललितपुर
। प्युटार ससिवा भञ्ज्याङ्ग कालोपत्रे प्रकृया शुरु भएको छ । पहिलो चरण अन्र्तगत ललितपुरको वागुवाबाट प्युटार घट्टेखोलासम्म १० किलोमिटर कालोपत्रे हुनेछ ।
इो योजनाका लागि प्रदेश सरकारले ३७ करोड ५० लाख बजेट छुट्याएको छ । केही दिनअघि सडकको टेण्डर स्विकृत भएर काम शुरु भएको हो ।
ड्रेनसहित साँडे ८ मिटरको सडक विस्तारसँगै कालोपत्रे गर्न लागिएको ललितपुर १ का प्रदेश सासंद चेतनाथ सञ्जेलले बताए । यो सडक दक्षिण ललितपुरको बगुवाबाट प्युटार, आश्राङ्ग, गिम्दी, कटुवाबाट ठुलादुलुङ्ग,ससिवा भञ्ज्याङ्गसम्म पुग्नेछ ।
सडक कालोपत्रे भएपछि चापागाँउबाट आश्राङ्गको सिमानासम्म कालोपत्रे बाटोबाट ओहोर दोहोर गर्न सकिन्छ । अहिले कान्तिलोक पथका अधिकाशं भु–भाग कालोपत्रे भइसकेको छ भने चन्दनपुरबाट ससिवा भञ्ज्याङ्गसम्म कालो पत्रेका लागि बजेट छुट्याएर काम हुँदैछ । लेले गोटिखेल सडक पहिले नै कालोपत्रे गरिएको छ । वगुवा ससिवा भञ्ज्याङ्ग सडक कालोपत्रे भएपछि लेले–गोटिखेल–ठुलादुलुङ्ग–भट्टेडाँडा–लेलेसम्म कालोपत्रे सडक बन्नेछ ।


प्युटार ससिवा भञ्ज्याङ्ग सडक नजिकै प्युटारमा पालिकास्तरिय अस्पताल बन्न शुरु भएको छ । प्युटारकै खयरघारीमा एककृत बस्तीको डिपिआरको प्रकृयामा छ । साथै प्युटारको कालीदेवि उच्च माविमा प्राविधिक शिक्षालय शुरु भइ नै सकेको छ । प्रदेश सासंद सञ्जेलले दक्षिण ललितपुरको लाइफलाइन परिवर्तन गर्र्न यो योजना सहयोगी हुने दावी गरे ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ९ : ३९ बजे