१८ मंसिर २०८०, सोमबार | Mon Dec 4 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चिनियाँ नागरिकले एटिएम ह्याक गरी निकाले लाखौं रुपैयाँ


१५ भाद्र २०७६, आइतबार  

0
Shares

१५ भदौ ०६६, काठमाडौं । नेपाली एटिएमबाट करोडभन्दा धेरै पैसा झिक्ने ५ जना चिनियाँ नागरिकलाई प्रहरीले आइतबार महानगरिय प्रहरी परिसर काठमाडौं सार्वजनिक गरेको छ ।

उनीहरु पाँचै जनासँगै महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पाँचै जना चिनियाँ नागरिकसँगै १ करोड २६ लाख ४५ हजार नेपाली रुपैयाँ सार्वजनिक गरेको छ । पक्राउ पर्ने चीनिया नागरिकहरुमा ३२ वर्षका झु लियाङ आङ, ४० वर्षका लु जियालिङ, ३५ वर्षका चेन विन विन, ३० वर्षका क्यु याङयिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन् ।


शनिबार दरबारमार्गको नबिल बैंकको एटीएम मेसिनबाट पैसा झिक्दै गर्दा एक जना चिनियाँ नागरिक पक्राउ परेका थिए । त्यसपछि प्रहरीले उनीहरु बसेको होटलबाट अन्य ४ जनालाई पक्राउ गरेको थियो ।


नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको बताएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ४ : ३६ बजे