३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीको नगरको आम्दानी अचम्मलाग्दो


१७ भाद्र २०७६, मंगलबार  

0
Shares

लपु संवाददाता
१७ भदौं ०७६, बज्रवाराही । गोदावरी नगरपालिकाले राजस्व आम्दानी अचम्मलाग्दो देखिएको छ । नगरको आम्दानी लेले नल्लु क्षेत्रको ढुंगा खानीबाट नगरको आधाभन्दा धेरै रहेको खुलेको हो । नगरपालिकाले आर्थिक बर्ष ०७६÷७७ मा १५ करोड राजस्व उठाउने लक्ष्य लिएकोमा आधाभन्दा बढी ८ करोड २० लाख ढुंगा गिटीको ठेक्का लागेको हो ।
नगरपालिकाले आर्थिक वर्ष ०७५÷७५ मा ९ करोड ४९ लाख राजस्व तथा अनुदान उठाएकोमा हरेक वर्ष बढाउदै लगेको उपलव्ध डाटाबाट खुलेको छ ।
आर्थिक वर्ष ०७५÷७६ मा अघिल्लो बर्षको तुलनामा ३ करोड ६० लाख आम्दानी उठाएको यो नगरले ०७६÷७६ आर्थिक बर्षमा १३ करोड ६० लाख आम्दानी पु¥याएको थियो । त्यसमध्ये ५ करोड ५० लाखको ढुंगा गिटीको ठेक्काबाट आम्दानी भएको थियो । यो कुल राजस्वका झण्डै ४४ प्रतिशत हो ।
आर्थिक अर्ष ०७६÷७७ मा १५ करोड राजस्व र अनुदान पु¥याउने लक्ष्य रहेको नगरपालिकाका राजस्व शाखा प्रमुख श्रीराम आचार्यले बताए । उनले भने, ‘हामीले १५ करोड लक्ष्य राखेका हौं । त्यो भन्दा धेरै रकम उठाउने छौं ।’

आचार्यमा अनुसार ढुंगा गिटी, होर्डिङ्ग बोर्डक्ँे विज्ञापन, र पानीको यस वर्ष राजस्वको ठेक्कामार्फत ८ करोड ७१ लाख आन्दानी उठ्ने निश्चित भइ सकेको छ । जस अन्र्तगत ढुंगा गिटीतर्फ ८ करोड २० लाखको टेण्डर परेर कर उठाउन शुरु भइसकेको छ । गोदावरी खोलालगायतबाट पानी निकाल्नका लागि ४७ लाखको ठेक्का पनि स्वीकृत भई काम भइरहेको छ । होर्डिङ्ग बोर्डको विज्ञापन वापत ४ लाख ९५ हजार ठेक्का लागि सकेको छ ।
यस आर्थिक वर्षमा विज्ञापनतर्फ लक्ष्यभन्दा ३५ हजार धेरै रकममा ठेक्का लागेको छ । यस आर्थिक वर्षमा ४८ लाख उठाउने लक्ष्य राखिएको थियो । यो वर्ष पानी ठेक्कामा भने लक्ष्यभन्दा ९९ हजार ८ सय कम ४७ लाखमा ठेक्का लागेको छ ।
गोदावरी नगरपालिकामा धेरै कर उठ्ने क्षेत्र लेले नल्लु क्षेत्रका ढुंगा गिटी नै हो । गोदावरीले कुल बजेट मध्ये झण्डै आधा रकम ढुंगा गिटीको ठेक्कामार्फत उठाउने गरेको छ । त्यसपछि घरजग्गा रजिष्ट्रेशन, सिफारिस र नक्सा पासबाट धेरै पैसा उठ्दै आइरहेको उपलव्ध डाटाबाट देखिन्छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ७ : ४६ बजे