६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीमा अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र बन्ने


१७ भाद्र २०७६, मंगलबार  

0
Shares

१७ भदौं ०७६,ललितपुर । गोदावरी नगरपालिकाको वडा नं. ३ गोदावरीमा ३ हजार मान्छे अट्ने अन्तरास्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने निर्णय भएको छ । एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी केही समयपछि टेण्डर आह्वान हुने गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताए ।
केही दिनअघि मन्त्रीपरिषद्बाट योजना स्वीकृत गरेर गोदावरी नगरपालिकामा बोर्धाथ पठाएकोमा नगरपालिकाले चिठी बुझेको मेयर महर्जनले बताए ।
पर्यटकीय स्थल गोदावरीमा बन्ने यो अन्र्तराष्ट्रिय सम्मेलनको अडिटोरियम हल विभिन्न कार्यक्रम आयोजन ागर्नका लागि बानेश्वरको विरेन्द्र अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको विकल्पको रुपमा सरकारले यो योजना अघि सारेको हो । बानेश्वरको सम्मेलन केन्द्र सरकारले संसद भवनको रुपमा प्योग गरेपछि अहिले ठूला किसिमका कार्यक्रम गर्न पाँचतारे होटल जानु पर्ने बाध्यता छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ९ : ३० बजे