१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अमेरिकाकाे सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु


१९ भाद्र २०७६, बिहिबार  

0
Shares

काठमाडाैं ।  अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ। स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्।

उनका बुबा-आमा अमेरिका घुम्न नेपालबाट आएका हुन्। कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पतालमा छन्। प्रभाशको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ताजनक छ।

प्रभाश आफ्नो टोयोटा आरएभी ४ हाँकेर मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व गइरहेका थिए। उनले गाडी बत्तिमा रोकेका बेला पछाडीबाट टोयोटाको पिकअप ट्रकले हानेको थियो। श्रद्धा र प्रभाश अगाडी सिटमा थिए, अरू पछाडीको सिटमा। गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पताल मृत घोषित गरिएको थियो।

ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ। पछाडीबाट ठोक्काउने गाडीको चालकको नाम सार्वजनिक गरिएको छैन्। घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहिबार  १० : ०० बजे