१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


साँस्कृतिक शहर भक्तपुरका जनजीवन (तस्विरहरु)


२१ भाद्र २०७६, शनिबार  

0
Shares

ललितपुर खबर फोटोग्राफी
२१ भदौ ०७६, भक्तपुर । साँस्कृतिक शहर भक्तपुर । राजधानीसँगै रहेर पनि यहाँ फरक जीवनशैली छ ,यहाँ । भक्तपुर शहरभित्रको गाँउजस्तो अनि गाँउभित्रको शहरजस्तो ।
भक्तपुरभित्र अनगिन्ती कलाकौशल छन् । मौलिक संस्कृती अनि चाल चलन छन् । परम्परागत बस्ती,भेषभुषा,रहनसहन र चलचलन हेर्न भक्तपुर नै पुग्नुपर्छ । यहाँका पुराना नेवारी संस्कृती अध्येताका लागि उपयोगी विषयबस्तु हुन् ।


आधुनिकताले छपप्कै छोपेको काठमाडौं शहरदेखि बेखर छ, भक्तपुर । यहाँका किसान परिवार सिजनमा खेतका गह्रामा भेटिन्छन् त फुर्सदमा घरको आँगनमा माटाका भाँडा बनाउदै । कोही मूर्ति कुद्दै गरेका पाइन्छन् ।


०७२ को विनासकारी भुकम्पले भत्काएका भक्तपुरका सम्पदा पुर्ननिर्माणको अन्तिम चरणमा पुगेको छ । त्यसैले आजकल भक्तपुरको दरवार स्क्वायरलगायत ठाँउमा पर्यटकहरको घुइचो छ ।
भक्तपुरका ऐतिहासिक सिद्धपोखरीमा घुम्न पुम्ने आगन्तुकहरुको लस्कर हुन्छ । सिद्धपोखरी आसपासमा गर्मी छल्न वालवालिकाहरु पोडाी खेल्छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ९ : ०४ बजे