१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गिम्दीमा कृषि औजार वितरण


२१ भाद्र २०७६, शनिबार  

0
Shares

२१ भदौं ०७६,ललितपुर । ललितपुरको गिम्दीका स्थानीय कृषकलाई कृषि सामग्री वितरण गरिएको छ । बिहीबार प्रदेश सांसद चेतनाथ सञ्जेल र भेटरिनरी अस्पतालका प्रमुख नारायण श्रेष्ठले गिम्दीमा कृषकहरुलाई ५० थान घाँस धुल्याउने चेपकटर, ५० थान इलेक्ट्रोनिक घट्ट र ५० थान इलेक्ट्रोनिक तराजु वितरण गरे ।
ललितपुर जिल्लाको सुदुर क्षेत्रमा रहेको गिम्दीमा प्रदेश सरकारले ५० प्रतिशत अनुदानमा उक्त सामग्रीहरु वितरण गरेको बताइएको छ । यहाँ उत्पादित कृषि उपज, तरकारी तथा दुग्धजन्य सामग्रीहरुले बजार पाउन नसकेको स्थानीय अध्यक्ष राजेन्द्रप्रसाद तिमल्सिनाले गुनासो पोखे । व्यवसायिक कृषि उत्पादनका लागि विभिन्न निकायको पहल का साथै विशेषज्ञको जरुरी रहेको बताए ।
कृषकहरुका लागि प्रविधिको विकास संगसंगै धान झार्ने थ्रेसरको जरुरी रहेको विषय उठेको थियो । कार्यक्रममा १२ हर्ष पावरसम्मको ट्र्याक्टरको पनि जरुरी रहेको किसानले जानकारी गराए ।
कृषि औजार उपकरण वितरणपछि बोल्दै भेटरीनरी अस्पताल तथा पशु स्वास्थ्य विज्ञ केन्द्रका प्रमुख डाक्टर नारायण श्रेष्ठले थ्रेसरलगायतको औजार उपकरणको अनुदानको निम्ति प्रदेशबाट दरखास्त खुलेको र आगामी असोज ४ गतेसम्मको समय भित्र पहल गर ती सामान ल्याउन मद्दत मिल्ने श्रेष्ठको भनाई छ ।
प्रदेश सांसद चेतनाथ सञ्जेलले किसानका लागि राज्यले अनुदान दिईरहेको बताए । कृषि क्षेत्रकै लागि तरकारी खेती, फूल खेती, माछापालन, पशुपालन लगायतका क्षेत्रमा १०० प्रतिशतसम्म अनुदानका कार्यक्रमहरु आएका े उनको भनाई थियो ।
प्रदेश कमिटी सदस्य मधुसुदन पौडेलले रासायनिक विषादिमुक्त क्षेत्र गिम्दी लगायतका क्षेत्रलाई प्राङ्गारिक क्षेत्रकै रूपमा विकास गरेर जानुपर्नेे बताए ।
स्थानीय कृष्ण बलले सहकारी संस्था र समुदायको उन्नतिको निम्ति कृषि सामग्री वितरणले महत्त्वपूर्ण भूमिका खेलेको बताए । दुधको बजार व्यवस्थापनको लागि गाउँमा चिलिङ भ्याटको भवन निर्माण सम्पन्न भएको र निकट भविष्यमै यस कार्यक्रमले उनको भनाई थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  १२ : ५१ बजे