६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सुन लुट्ने ग्याङमा सशस्त्र, सेनादेखि विप्लवका लडाकुसम्म


२२ भाद्र २०७६, आइतबार  

0
Shares

काठमाडौं । प्रहरीले काठमाडौंको माछापोखरीबाट सुन लुट्ने अनौंठो ‘ग्याङ’ लाई पक्राउ मात्र गरेको छैन । उसको सुन लुट्ने योजना समेत विफल पारिदिएको छ ।

काठमाडौं माछापोखरीबाट शनिबार साँझ हतियारसहित पक्राउ परेको नौ जनाको समूहको संलग्नता सेना, सशस्त्र प्रहरी र विप्लव समूहसँग देखिएको प्रहरीले जानकारी दिएको छ । रसुवाबाट भित्रिने सुन लुट्ने योजना बनाइरहेको यो समूहको योजना प्रहरीले असफल मात्र बनाएको छैन नियन्त्रणमा लिन समेत सफल भएको छ ।

प्रहरीले यो समूहलाइ विप्लव माओवादीको लुटेरा ‘स्क्वाड’ रहेको समेत जनाएको छ । काठमाडौं महानगर–१६ बालाजु माछापोखरीस्थित हाई रेष्टुरेण्ट एण्ड डान्सबारबाट सानो चाइनिज पेस्तोल २ थान, सोको गोली ४ राउण्ड र नक्कली सुन १ किलोसहित ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले शनिबार साँझ पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा काठमाडौं जरङ्खु बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका–१ का २९ वर्षीय रामबहादुर तामाङ, जरङ्खु बस्ने नुवाकोट बिदुर नगरपालिका–७ का २७ वर्षीय पिटर तामाङ, फुटुङ बस्ने गोरखा अजिरकोट गाउँपालिका–४ का ३८ वर्षीय कुशल अधिकारी, शेषमति बस्ने नुवाकोट बिदुर नगरपालिका–१० का २५ वर्षीय धर्मराज तामाङ, नेपालटार बस्ने धादिङ खनियाबास गाउँपालिका–५ का २६ वर्षीय बिजय तामाङ छन् ।

यस्तै स्वयम्भू बस्ने रसुवा छोदिम्बु गाउँपालिका–४ का ३० वर्षीय योर्साङ लामा, सतुङगल बस्ने गुल्मी ईस्मा गाउँपालिका–५ का ३० वर्षीय युवराज भण्डारी, रसुवा उत्तरगया गाउँपालिका–६ का ३६ वर्षीय छिरिङ तामाङ र माकलबारी बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका १ का २८ वर्षीय राजन तामाङ रहेको प्रहरीले जानकारी गराएको छ ।

योर्साङ घले विप्लवका लडाकु हुन् भने कुशल अधिकारी सेनाका भगौडा रहेको अनुसनधानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै युवराज भण्डारी सशस्त्र प्रहरी जवान हुन् । घले समूहका नाइके रहेको खुलेको छ ।

उनीहरुबाट बरामद भएको हतियार नेपाली प्रहरीले प्रयोग गर्ने गरेको एसपी अशोक सिंहले जानकारी दिएका छन् । उनीहरू बौद्धको एउटा घर लुटपाटको योजनामा समेत रहेको जनाइएको छ । तर त्यसलाई विफल बनाउन आफूहरु सफल भएको एसपी सिंह बताउँछन् ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ५ : ३३ बजे