११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पञ्चशील बहुउद्देश्यीय सहकारी ललितपुरकै नमुना सहकारी


२२ भाद्र २०७६, आइतबार  

0
Shares

ललितपुर ।  पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लि.को आर्थिक वर्ष ०७५/०७६ मा शेयर पूँजी तर्फ रु १२ करोड २३ लाख ५७ हजार १ सय कायम हुन गएको छ ।

यस संस्थाले बचत (निक्षेप) तर्फ रु १ अर्ब ३७ करोड ३८ लाख ११ हजार ७ सय ४५ रुपैँया ९४ पैसा संकलन गरेको छ भने संस्थाले वार्षिक कारोबार १ अर्ब ८७ करोड २६ लाख २० हजार ४ सय ९९ रुपैँया ९८ पैसा पुर्याउन सफल भएको छ ।

संस्थाले अन्य सहकारीको बीचमा नमुना सहकारीको रुपमा आफुलाई स्थापित गर्न सफल भएको कार्यक्रम जानकारी दिए ।

संस्थाले यस आ.व.०७५/०७६ मा रु ८ करोड ६९ लाख ५० हजार ४ सय ६० रुपैँया ६२ पैसा नाफा आर्जन गरेको छ । माथि उल्लेखित नाफा अगिल्लो आर्थिक वर्षको भन्दा ४९.९३ प्रतिशतले बृद्घि गर्न सफल भएको छ ।

यस संस्थाले आ.व. ०७५÷०७६ मा १ करोड ५६ लाख ५१ हजार ८२ रुपैँया ९१ पैसा आयकर दाखिला गर्न सफल भएको छ । संस्थाले विभिन्न सामाजिक क्रियाकलाप अन्र्तगत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

यस संस्थाले समय समयमा तालिका बनाई शेयर सदस्यहरुलाई सहभागीता गराई विभिन्न सिप मुलक तालिम दिने,अन्र्तक्रिया गर्ने लगायतका कार्यहरु गर्दै आइरहेको छ । सदस्यहरुलाई अझ प्रभावकारी ढंगले सेवा प्रदान गर्न साथै प्रविधिमुलक कारोवारको वातावरण उपलब्ध गराउने उद्देश्य लिई संस्थाले गत आ.व. २०७५/०७६ देखि मोवाई एस.एम.एस., स्मार्ट मोवाईल बैकिङ ,  एससिटी  एटिएमको सुविधा दिईरहेको जानकारी गराए ।

राज्यको तिन खम्बे अर्थनिती मध्ये एक खम्बा सहकारी क्षेत्र रहेकोले राज्यको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ संस्था अगाडि बढिरहेको छ । संस्थाले आफ्ना शेयर सदस्यहरुलाई अझ सहज ढंगले सेवा सुविधा दिने उद्देश्यका साथ आ.व.०७५/०७६ को शुरु देखी काठमाडौँ,खिचापोखरी ,न्युरोडमा चौथो सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ ।

संस्थाले आ.व. ०७५/०७६ मा आफ्नो शेयर सदस्यलाई १७% शेयर लाभान्स प्रदान गर्न सफल भएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ७ : ३३ बजे