१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


तीन दिनको मौसमबारे अहिल्यै जान्नुहाेस


२३ भाद्र २०७६, सोमबार  

0
Shares

काठमाडौं । मनसुनी न्यून चापीय रेखा औसत स्थानको आसपासमा अवस्थित छ र यो न्यून चापीय रेखा केहि उत्तर तर्फ सर्दै जाने देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभरी आंशिकदेखि सामान्य बदली भई पूर्व र पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।


आगामी तीन दिनको मौसम पूर्वानुमानः

भाद्र २३ गते (सोमबार)
दिउँसोः देशभरी आंसिकदेखि सामान्य बदली रही पुर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

रातीः देशभरी सामान्य बदली रही पुर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। मध्य र पुर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र २४ गते (मंगलबार)
दिउँसोः देशभरी सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मध्य र पश्चिमका थोरै स्थानहरुमा र पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

रातीः देशभरी सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मध्य र पश्चिमका थोरै स्थानहरुमा र पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र २५ गते (बुधबार)
दिउँसोः देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

रातीः देशभरी सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगको साथै पुर्व र मध्यका एकदुई स्थानहरुमा भारी वर्षाको सम्भावना भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ्र ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ११ : १२ बजे