१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


डेंगुका लक्षण र बच्ने उपायबारे जान्नुहाेस


२३ भाद्र २०७६, सोमबार  

0
Shares

काठमाडाैं । राजधानी काठमाडौंसहित देशभर महामारीका रूपमा फैलिएको डेंगुले पाँच जनाको मृत्यु भइसकेकाे छ । यस राेगबाट अहिलेसम्म ७० हजार व्यक्ति बिरामी भएको अनुमान चिकित्सकले गरेका छन् ।

डेंगुका कारण पछिल्लोपटक शनिबार राति रूपन्देहीमा एक महिलाको मृत्यु भएपछि यस रोगबाट मृत्यु हुनेको संख्या ५ पुगेको हो । यअघि डेंगुबाट ४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर करीब २ हजार ६ सय बिरामीमा डेंगुको संक्रमण आशंका गरिएको छ । तीमध्ये सबैभन्दा बढी प्रदेश ३ मा करीब ११ सय जना छन् । त्यस्तै, प्रदेश १ का ७५३ मा डेंगुको आशंका गरिएको छ ।

डेंगुबाट संक्रमित कपिलवस्तुको वाणगंगा-७ मोतिपुरकी ६१ वर्षीया सावित्रा आचार्यको उपचारका क्रममा शनिबार राति लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मत्यु भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै वैशाखयता करिब ७ हजार छन् ।

निजी अस्पतालमा गएका तथा अस्पताल नै आइनपुगेका बिरामी संख्या जोड्दा करिब ७० हजार जना डेंगु संक्रमित रहेको अनुमान चिकित्सकको छ । सरकारी तथ्यांकअनुसार हालसम्म ४८ जिल्लामा डेंगु देखिएको छ ।

कसरी सर्छ डेंगु ?
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो एक प्रकारको ज्वरो हो। यो रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी हुन्छ। ससाना पानीको पोखरीमा यसले फुल पार्छ। खास गरी वर्षाको पानी जम्ने टिनका डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यो लामखुट्टेले फुल पार्छ।

डेंग एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो। यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ। यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्छ।

यी हुन् लक्षण :
-डेंगुको प्रमुख लक्षण एक्कासि उच्च ज्वरो आउनु हो। यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ।
– असाध्यै टाउको दुख्ने
–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
–ढाड, जोर्नी तथा मांसापेशी दुख्ने
–शरीरमा बिमिरा आउने
–वाकवाकी लाग्ने
–पेट दुख्ने
–नाक वा गिजाबाट रगत बग्ने
–रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षण पनि देखा पर्न सक्छ

यी हुन् बच्ने उपाय
–डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ।
–पानी जम्न सक्ने भाँडाहरू जस्तै : गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने
–पानीको ट्याङ्कीलाई लामखुट्टे छिर्न नदिने गरी छोपेर राख्ने
–कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने
–फूलदानीमा रहेको पानी हप्तामा दुईपटक फेर्ने
–यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउने
–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुलभित्र सुताउने
–लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम दल्ने
–घरका झ्याल ढोकामा जाली लगाउने
–घर वरिपरि सफासुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १ : ४६ बजे