१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रस्तावित प्रधानन्यायाधीशका लागि ससदीय सुनुवाइ प्रक्रिया शुरु



२३ साउन । सङ्घीय संसद्, संसदीय सुनुवाई समितिले सवैधानिक परिषदबाट नेपालको प्रधानन्यायाधीश पदमा सिफारिस भई संसदीय सुनुवाइका लागि आएको पत्रअनुसार सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको ससदीय सुनुवाइ प्रक्रिया शुरु गरेको छ ।

समितिको आजको बैठकले उक्त पदमा उनलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र सूचना वा उजुरी दिन सार्वजनिक सञ्चार माध्यममार्फत सूचना आह्वान गर्ने निर्णय गरेको छ ।

ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बसेको समिति बैठकले सूचना वा उजुरीकर्ताले पत्रमार्फत वा आफै समिति सचिवालयमा उपस्थिति भई उजुरी दिनसक्ने व्यवस्था सहितको सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।

तोकिएको समयावधिभित्र उजुरी प्राप्त भएको खण्डमा ससदीय समितिले उनीसँग त्यसबारे जानकारी लिँदै संसदीय सुनुवाइ गर्नेछ । समिति समक्ष उनले प्रधानन्यायाधीश भएको खण्डमा आफूले अघि बढाउने कार्ययोजना, अनुभव, अवधारणा र सोच प्रस्तुत गर्नेछन् । सुनुवाइ समितिले नाम अनुमोदन गरेको खण्डमा राष्ट्रपतिबाट उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन् ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १० : १७ बजे