३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले निर्वाचनका लागि ‘मिसन जागरण अभियान’ सुरु गर्दै




काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी एमालेले स्थानीय र प्रदेश तहको निर्वाचनलाई लक्ष्य गरेर केन्द्रीय सदस्यहरुलाई ‘मिसन जागरण’ का निम्ति परिचालन गरेको छ ।

आगामी निर्वाचनमा पार्टीका पक्षमा मतदातालाई पार्न एमालेले सो अभियान सञ्चालन गर्न लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्। 

जनतासँगको सम्बन्ध सुधारका लागि एमालेले ‘६ ज’ को नीति प्रस्तुत गर्दै ‘जनतामा जाऔँ, जनताका कुरा सुनौँ, जनप्रिय बनौँ, जनसङ्गठन परिचालन गरौँ, जबजलाई आत्मसात्  गरौँ र जनमत सर्वेक्षणका आधारमा समेत प्रत्येक तहमा प्रतिस्पर्धामा सफलता हासिल गर्न सक्ने योग्य र सक्षम नेतृत्व तयार गरौँ’ भन्ने आह्वानसहित कार्ययोजनाको विवरण पठाएको उनले जानकारी दिएका छन्। 

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ९ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।