२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर रास्वपाको अधिवेशनमा गुटको चर्चा




ललितखबर
नेपाली काँग्रेस एमाले र माओवादी दलचित्र गुटको चर्चा त सुनिएकै हो । नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीमा समेत गुट र उपगुट मौलाउन सक्ने भन्दै जिल्ला नेताहरुले चर्चा गरेका छन् ।


चापागाँउमा जारी जिल्लाको पहिलो अधिवेशनमा संसद जगदिश खरेलले कुनै पनि गुट स्वीकार्य नहुने भन्दै ३३ वर्षदेखि पुराना पार्टीको रोग नभित्राउन चेतावनी दिए ।


सासंद तोसिमा कार्कीले समेत पार्टीभित्र गुटगत संस्कृती मौलाएकोसंकेत गर्दैजहाँ जहाँ निर्वाचन हुन्छ त्यहाँ आफूमात्रै हुनुपर्नेआचरण फेनुपर्ने बताइन् ।

https://www.youtube.com/@lalitkhabar


पर्टीको पहिलो अधिवेशनमै नेताहरुबीच पद हत्याउनेप्रतिश्पर्धा भएपछि सासंदहरु असन्तुष्ट भएका हुन्।
आज सुरु भएको अधिनेशनमा जिल्ला सभापतिका लागि बुद्धरत्न महर्जन र विदुर थापाले दावी पेश गरेका छन्।

उपसभापतिमा सोनिका तामाङ र पुजा खत्री, सहसचिवमा अनुप सापकोटा,गीता केसी,कल्र्याण पोखरेलको उम्मेदवारी परेको छ । सदस्यहरुमा सावित्री महर्जन,कुसुम सुनुवार,सुश्मा महत,महेन्द्र अधिकारी, रामप्रसाद दाहाल, राजुलोप्चन, धिरेन्द्रकुमार श्रेष्ठ, किसनप्रसाद तिमल्सिना र जितेन्द्र महर्जनले उम्मेदवारी दिएका छन् ।


सचिवमा कुष्णकुमार सिजापती निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  ४ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।