१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राष्ट्रिय स्वतन्त्र पार्टीको ललितपुर सभापतिमा बुद्धरत्न विजयी



राष्ट्रिय स्वतन्त्र पार्टीको ललितपुर जिल्ला अधिवेशनबाट बुद्धरत्न महर्जन सभापतिमा निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मत परिणाम अनुसार सभापतिमा महर्जनले १ सय ४१ मत पाएसँगै विजयी भएका हुन् । उनले विदुर थापालाई पछि पार्दै विजयी भएका हुन् ।

जिल्ला उपसभापतिमा सोनिका तामाङले १ सय ६५ मतसहित विजयी भएकी छन् । सहसचिवमा अनुप सापकोटाले १ सय १० मतसहित विजयी भए । त्यस्तै जिल्ला सदस्यहरूमा किसन प्रसाद तिमल्सिना १ सय ४९ पाएर विजयी भए भने सुष्मा महतले १ सय ६० मत र वीरेन्द्रकुमार श्रेष्ठले १ सय ४८ मतसहित निर्वाचित भएका छन्।

निर्वाचन मनोनपयका क्रममा सचिवमा कृष्ण सिजापति निविरोध निर्वाचित भएका थिए ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  १० : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।