राष्ट्रिय स्वतन्त्र पार्टीको ललितपुर जिल्ला अधिवेशनबाट बुद्धरत्न महर्जन सभापतिमा निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मत परिणाम अनुसार सभापतिमा महर्जनले १ सय ४१ मत पाएसँगै विजयी भएका हुन् । उनले विदुर थापालाई पछि पार्दै विजयी भएका हुन् ।
जिल्ला उपसभापतिमा सोनिका तामाङले १ सय ६५ मतसहित विजयी भएकी छन् । सहसचिवमा अनुप सापकोटाले १ सय १० मतसहित विजयी भए । त्यस्तै जिल्ला सदस्यहरूमा किसन प्रसाद तिमल्सिना १ सय ४९ पाएर विजयी भए भने सुष्मा महतले १ सय ६० मत र वीरेन्द्रकुमार श्रेष्ठले १ सय ४८ मतसहित निर्वाचित भएका छन्।
निर्वाचन मनोनपयका क्रममा सचिवमा कृष्ण सिजापति निविरोध निर्वाचित भएका थिए ।








प्रतिक्रिया