३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नक्खु कारागारबाट फरार कैदी पक्राउ




काठमाडौँ
जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका दोलखाको सैलुङ ८ का ४४ वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिइएको प्रहरी टोलीले उनलाई सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–९ मुढेबाट पक्राउ गरेको हो ।

डाँका चोरी मुद्दामा पाँच वर्ष कैद सजाय भुक्तान गरिरहेको उनी जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएको थिए । श्रेष्ठलाई नक्खु कारागार चलान गरिएको कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिएका छन्।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ३० जेष्ठ २०८३, शनिबार  १ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।