२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


भीमफेदी सडकमा जीप दुर्घटना : इन्जिनियरसहित चालकको निधन




मकवानपुर
मकवानपुरको भीमफेदी ८ बैदमारस्थित भित्री सडकमा गए राति पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियरसहित सवारी चालकको निधन भएको छ ।

काठमाडौँ दक्षिणकालीबाट करिब ३५ किलामिटर दक्षिण मकवानपुरको माणडु हाइड्रोपावरबाट इपातर्फ जाँदै गरेको सवारी दुर्घटना हुँदा निजगढ–काठमाडौँ द्रुतमार्गमा कार्यरत इन्जिनियर सूर्य यादव र सवारी चालक बोधराज बुढाथोकीको निधन भएको हो ।

जीप अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खस्दा त्यसमा सवार बारा जिल्ला पचरौता ७ का इन्जिनियर यादव र सिन्धुली जिल्ला कमलामाई ९ का चालक बुढाथोकीको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

https://www.youtube.com/@lalitkhabar
 प्रहरीका अनुसार जीप दुर्घटना भएको जानकारी पाउनासाथ निजगढ–काठमाडौँ द्रुतमार्गको बेस क्याम्पमा खटिएका नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पु¥याएकामा चिकित्सकले दुवै जनाको मृत्युको घोषणा गरेको हो ।  

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  १० : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।