२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एकैदिन २४ सय रुपैयाँले बढ्यो सुनको भाउ



३० चैत । शुक्रबार सुन चाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा २४ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ५ : ३३ बजे