काठमाडौं
डान्सर रिस्ता गुरुङ चलचित्र ‘आ बाट आमा २’मार्फत डेव्यु गर्ने पक्का भएको छ । आज राजधानीमा .अनुबन्ध भएकी रिस्तालाई निर्माण टिमले पत्रकार सम्मेलन गर्दै अनुबन्ध गरेको हो। अनुबन्ध भएपछि अभिनेत्री गुरुङले राम्रो टिमसँग काम गर्न पाउँदा खुशी लागेको बताईन्।
चन्द्र पन्तको निर्देशनमा निर्माण हुने चलचित्र ‘आ बाट आमा २’ अनुबन्ध भएपछि उनले भनिन्,‘पल शाह या आकाश श्रेष्ठको जोडीमा भन्दा पनि यो टिममा काम गर्न पाउनु नै एकदम भाग्यमानी ठान्छु आफुलाई। सबैसँग काम गर्न पाउँदा हुन्छ मलाई। योसँग र त्योसँग भन्ने छैन मलाई।’
यता निर्देशक पन्तले यस फिल्ममा अभिनेत्रीको जोडी को हो भन्ने बारेमा खुलाएनन्। निकै चासोको विषयमा निर्देशकले कसको जोडीका रुपमा अभिनेत्री गुरुङलाई लिइएको भन्ने विषयमा बोलेनन्।
‘उहाँ ‘आ बाट आमा २’को हिरोइन् हो,’उनले सञ्चारकर्मीसँग भने,‘अब उहाँको जोडी को हो,के हो भन्ने कुरा सरप्राइज नै हो।’
अभिनेत्री गुरुङ ‘मेरो डान्स युनिभर्स २’ कि विजेता हुन्।
आगामी असोज ३० गते अर्थात दसैंको फूलपातीबाट प्रदशर्नमा आउने यस चलचित्रमा यसअघि पल शाह,आकाश श्रेष्ठ,विपना थापा,प्रदीप रावतका अलवा साइग्रेस पोखरेल,गजित बिष्ट,नरेन खड्का अनुबन्धित भइसकेका छन्।
यस चलचित्रले अघिल्लो वर्ष झण्डै १४ करोडको बक्स अफिस कलेक्सन गरेको थियो।








प्रतिक्रिया