११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार

दलीय भागबन्डाविरुद्ध गगन संसद्‍मा कड्किए

२४ भाद्र २०७६, मंगलबार  

0
Shares

काठमाडाैं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले विश्वविद्यालयको भागवन्डा नगर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलसमक्ष आग्रह गरेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै नेता थापाले मंगलबार विश्वविद्यालय सुधार्ने एकमात्र मौका यही भएको भन्दै यस्तो आग्रह गरेका हुन्।

‘हामी सबै सरकार चलाउँनेहरुले यो गल्ती गरेका छौं। त्यसैले मेरो आग्रह छ यो गल्ती अब नदोहोर्‍याउ। कम्तिमा पात्र सही ल्याएर सुधार गर्ने मौका हामीसँग अहिले पनि छ’, उनले भने,‘सरकारले केही कुराको सम्झौता गरेको छ। यसका लागि माननीय मन्त्रीज्यूलाई संसदमा उभिएर र मन्त्रालयमै गएर भनेका छौं। यसपटक भागबन्डा नगरिदिनुहोस् भनेर। कसैलाई पनि भाग नदिनुहोस्। सरकारभित्र पनि भागबन्डा नगर्नुहोस्।’

उच्च शिक्षाको विषयमा सरकारले आफ्नो धारण निर्माण गर्न नसकेको समेत थापाले प्रष्ट पारे। ‘समग्रमा हामीले हाम्रो शिक्षालाई नै संविधानलाई नै शिक्षासँग जोड्नुपर्ने छ। कस्तो राज्य, कस्तो समाज, कस्तो नागरिक संविधानमा संविधानमा कल्पना पनि छ, संकल्प पनि छ’, उनले भने,‘यो परिपेक्षमा अब नेपालको शिक्षा कुन बाटो लिएर जाने भन्ने कुरा सरकारले ल्याउनु प¥यो। उच्च शिक्षाको सन्दर्भमा कुन बाटो हिड्छ भन्ने विषयमा सरकारले आफ्नो धारण बनाउँदै सकेन।’

सरकारले नेपाली विद्यार्थीलाई स्वदेशमा रोक्न नसकेको समेत उनले गुनासो गरे। ‘तथ्यांक हेर्ने हो भने नेपाली विद्यार्थीको ठूलो संख्या उच्च शिक्षामा प्रवेश नै गर्दैन। २ वर्षअघि ३२ हजार विद्यार्थी उच्चशिक्षा लिन बाहिर गएका थिए भने गत वर्ष ६२ हजार बाहिर गएका छन्’, उनले भने,‘बाहिरका विश्वविद्यालयबाट सम्बन्धन लिएर यहाँ चलेका कलेजमा प्रत्येक वर्ष ४ हजार विद्यार्थी भर्ना हुन्छन्।’

नलेज इकोनोमीको समयमा नेपालको शिक्षा कमजोर भइरहेको भनाइ उनको छ। ‘नलेज इकोनोमी नै अहिलेको अवस्थामा मूख्य इकोनोमी हो भनेको बेलामा उच्च शिक्षामा हामीले कस्तो गरिरहेको छौं ?’, प्रश्न गर्दै थापाले भने, ‘यसले हाम्रो इकोनोमी कस्तो हुन्छ भन्ने कुराको संकेत गर्छ।’

सत्ताधारीले पटकपटक विश्वविद्यालय कमजोर गराउने काम गरिरहेको आरोप थापाले लगाए। ‘सभाभित्र बसेर कुलपति र सहकुलपतिले दिने निर्देशन त छँदै छ, सभा बाहिर बसेर निर्देशन दिने कुरा हिजो मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालय विधेयक रातारात पारित गर्ने बेलामा गल्ती भयो। त्यो गल्ती सच्याउने बेलामा तिनै गल्तीलाई नजिर मानेर विश्वविद्यालयमा कानुनी प्रावधान ल्याएर आइरहेका छौं। यो किन हो मैले बुझ्न सकिरहेको छैन’, उनले भने।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ५ : ०९ बजे