१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


घट्यो सवारी नविकरण जरिवाना


२४ भाद्र २०७६, मंगलबार  

0
Shares

हेटौंडा । प्रदेश ३ सरकारले यातायात सम्बन्धी व्यवस्था गर्न बनाएको ऐन संसोधन गरेको छ । प्रदेश सरकारले ऐन संसोधन गरी सवारी नविकरण जरिवाना शुल्क घटाएको हो ।

प्रदेशसभाको बैठकले संसोधन गरी प्रमाणिकरणका लागि प्रदेश प्रमुखको  कार्यालयमा पठाएको विधेयक प्रमाणिकरण भई ऐनको रुप लागू भएको छ ।

बिधेयक प्रमाणिकरण भएसँगै सवारी साधनको  ब्लुबुक नविकरण गर्दा म्याद सकिएपछि लाग्ने सय प्रतिशत जरिवाना शुल्क घटेर अब ३२ प्रतिशतमा झरेको छ । यो ऐन संसोधन भएसँगै सवारी धनीहरुलाई जरिवाना शुल्कमा राहत भएको छ ।

यस्तै, बैठकमा प्रदेश लोकसेवा सम्बन्धी विधेयक प्रदेश मामिला समितिमा दफावार छलफल भई बैठकमा पेश भएको छ । समितिका सभापति माधब पौडेलले बिधेयक प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ५ : ३७ बजे