१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


८१ वर्षे वृद्धको भेषमा अमेरिका जान लागेका ३२ वर्षे युवक पक्राउ


२४ भाद्र २०७६, मंगलबार  

0
Shares

काठमाडाैं । अमेरिका धेरै युवाको सपना हुन्छ । अमेरिका पुग्नका लागि युवाहरुले पैसाको खोलो मात्र होइन जस्तै जोखिम मोल्न पनि तयार भएको पाइन्छ ।

तर, ८१ वर्षको वृद्ध बनेर अमेरिका जान लागेका ३२ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको अहमदावाद निवासी जयस पटेलले वृद्धको भेषमा अमेरिका जाने प्रयास गरेका हुन् । उनलाई भारतको औद्योगिक सुरक्षा फोर्सले दिल्लीस्थित विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

समाचार एजेन्सीहरुका अनुसार उनी अर्काको नामको राहदानी प्रयोग गरेर अमेरिका जान लागेका थिए । सेतो कपाल र सेतै दारी–जुंगा भएको हुलिया बनाएर ह्विल चियरमा बसेर विमानस्थलको अध्यागमन पार गरिसकेको अवस्थामा उनी पक्राउ परेको बताइएको छ ।

शंका लागेर चेकजाँच गर्दा उनले अमरिक सिंह नाम गरेका ८१ वर्षीय वृद्धको राहदानी प्रयोग गरेर अमेरिका जान लागेको तथ्य प्रकाशमा आएको हो । वृद्धजस्तै हुलिया बनाएका भए पनि छाला चाउरी नपरेको देखेपछि सुरक्षाकर्मीले उनीमाथि शंका गरेका थिए ।

भेष बदलेर उनी किन अमेरिका जान लागेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हाल उनी दिल्ली प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । एजेन्सी

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ९ : ५० बजे