६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एउटा म्यासेजले लियो किशोरीको ज्यान


२६ भाद्र २०७६, बिहिबार  

0
Shares

काठमाडौं । सामाजिक सञ्जालले सूचनाको सुविधा मात्र दिएको छैन, धेरै वेफाइदाहरु पनि दिइरहेको छ । सामाजिक सञ्जालले विश्वलाई नजिक मात्र बनाएको छैन, मानिसको प्रतिभालाई उजागर गर्न पनि सहयोगी बनिरहेको छ । तर, सामाजिक सञ्जालको गतल प्रयोगले मानिसको जीन्दगीमा वर्वाद बनाएका घटनाहरु पनि धेरै छन् ।

सामाजिक सञ्जालमा हुने भिडिया कल, अडियो कल र म्यासेज गर्दा के गर्न हुने र के गर्न नहुने भन्ने जान्दा जान्दै र नजानेर आजभोलि थुप्रै युवा युवती यसको लतमा फसेका मात्र छैनन् अनेक प्रकारका घटनाहरु पनि घट्न थालेका छन् । यसैबीच, भारतमा केहि युवाहरुको लगातारको अश्लील म्यासेजले दिक्क भएर एक किशोरीले आत्महत्या गरेकी छिन् ।

राजस्थानकी श्री गंगानगर जिल्लामा सामाजिक सञ्जालमा आएको अश्लिल म्यासेसले दिक्क भएर एक किशोरीले आत्महत्या गरेकी हुन् । केहि युवाहरुले लगातार उनलाई अश्लिल म्यासेज पठाएका थिए ।

यति मात्र होइन ती युवतीको विषयमा सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने किसिमका कुराहरु पनि फैलाइएको थियो । जसबाट पीडित युवतीले आत्महत्याको बाटो रोजिन् । पुलिसले ती युवाहरुको विरुद्ध उजूरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।

पढाईमा मेधावी ति युवती गंगानगरमा बीएससी प्रथम वर्षमा अध्ययनरत थिइन् । उनी वैज्ञानिक बन्न चाहान्थिन् । उनी पढाइमा उनका केटा साथीहरुभन्दा निकै अगाडि आउथिन् ।

केहि दिन अगाडि उनी घर आएकी थिइन् । उनले आफ्ना पितालाई यसबारे जानकारी गराएकी थिइन् । उनका पिताले ती युवाहरुलाई फोन गरेर त्यसो नगर्न सम्झाएका पनि थिए । त्यसपछि ति युवाहरुले युवतीको फोन नम्बर ब्लक गरिदिएका थिए । तर उनी फर्केपछि पुनः अश्लिल म्यासेज आउन थालेको प्रहरीले पत्ता लगाएको छ ।

यस्तो परिस्थितिमा किशोरकिशोरीका आमाबुबाले आफ्ना छोराछोरीलाई साथ र हिम्मत दिनुपर्छ । यस्ता परिस्थिती सिर्जना भएको अवस्थामा हरेक युवा युवतीले आफूलाई बुझ्न सक्ने आफन्तलाई समस्या सुनाउनु पर्छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहिबार  ५ : ३७ बजे