१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता १९ निर्णय (सूचीसहित)


२६ भाद्र २०७६, बिहिबार  

0
Shares

काठमाडाैं ।

सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न १९ निर्णयहरु आज (बिहीबार) सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिएको हो ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सरकारले २०७५ चैत ११ गते को निर्णय अनुसार गठन भएको विराटनगर जुटमिल जाँचबुझ आयोगको म्याद थप गरेको छ ।

आयोगलाई २०७६ भदौ १७ देखि एक महिनाका लागि म्याद थप गरिएको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिए । यस्तै मन्त्रि परिषदको वैठकले विप्लव कार्यकर्तासँग भोजपुर भिडिन्तमा मारिएका प्रहरी जवान सञ्जिव राईलाई शहीद घोषणा गर्दै क्षतिपूर्तिस्वरुप १० लाख रुपैंयाँ उनको परिवारलाई प्रदान गर्ने समेत निर्णय गरेको छ ।
हेर्नुस् मन्त्रिपरिषदले गरेका १९ निर्णय :-

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहिबार  ९ : २१ बजे