१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सामाजिक सुरक्षा भत्ताको नयाँ दर कायम, कसको कति पुग्यो ?


२७ भाद्र २०७६, शुक्रबार  

0
Shares

काठमाडाैं ।  सरकारले चालु आर्थिक वर्ष २०७६–७७ को बजेटमा घोषणा गरेअनुसार ज्येष्ठ नागरिकदेखि सबै शीर्षकका सामाजिक सुरक्षा भत्ता बढाएको छ ।

अर्थ मन्त्रालयले बढेको सामाजिक सुरक्षा भत्ताको दर तय गरी राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागलाई उपलब्ध गराएको छ ।

चौमासिक रुपमा प्रदान गरिने यस्तो भत्ताको पहिलो किस्ता १ असोजमा वितरण हुन्छ । सोही प्रयोजनका लागि विभागले उक्त दरको विवरण स्थानीय सरकारहरुलाई उपलब्ध गराएको छ ।
सामाजिक सुरक्षा भत्ताका लागि अर्थले आवश्यक रकम विभागमा दिन्छ भने विभागमार्फत स्थानीय तहबाटै वितरण हुन्छ ।

चालु आवको बजेटले ज्येष्ठ नागरिकले मासिक पाउँदै आएको भत्ता एक हजारबाट २ हजार पुर्‍याएको थियो । ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिकले एक हजार रुपैयाँ मासिक उपचार खर्च पनि पाउँछन् । यसरी ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको मासिक भत्ता ३ हजार पुगेको छ ।

यस बाहेक साविक कर्णाली अञ्चलका ६० वर्ष नाघेका ज्येष्ठ नागरिक र ६० वर्ष नाघेका देशभरका तोकिएका दलित समूदायका नागरिकलाई राज्यले सामाजिक सुरक्षा उपलब्ध गराउँदै आएको छ ।

यस्तो छ नयाँ सामाजिक सुरक्षा भत्ता दर
ज्येष्ठ नागरिक मासिक– २ हजार रुपैयाँ
एकल र विधवा महिला मासिक– २ हजार रुपैयाँ
पूर्ण अपाङ्गता भएका मासिक– ३ हजार रुपैयाँ
अति अशक्त अपाङ्गता मासिक– १६ सय रुपैयाँ
लोपोन्मुख आदिवासी जनजाति मासिक– ३ हजार रुपैयाँ

बालबालिका (बाल संरक्षण अनुदान) मासिक–४ सय रुपैयाँ
७० वर्ष पूरा भएका ज्येष्ठ नागरिक उपचार खर्च (मासिक) –१ हजार रुपैयाँ

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ९ : ३२ बजे